नदीजन्य पदार्थ उत्खनन खुलाउँदै

लोकप्रिय समाचार/सरकारले वर्षादको समयमा तीन महिनासम्म रोकेको नदीजन्य पदार्थ उत्खनन् असोज ५ गतेदेखि खुलाउने भएको छ ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समिति, स्थानीय प्रशासन तथा पालिकाका प्रमुखहरुको बैठकले असोज ५ गतेदेखि  जिससले तोकेको मापदण्डमा प्रारम्भिक वातवरण परिक्षण गरेको स्थानबाट मात्रै उत्खनन् गर्न पाइने गरी सुनकोशी, इन्द्रावती लगायतका नदीबाट नदीजन्य पदार्थ उत्खनन् गर्न लगाइएको रोक असोज ५ देखि खुला गरिएको हो  । नदी किनारमा सञ्चालित क्रसर उद्योगको दायाँ–बायाँ १ किलोमिटर क्षेत्रबाट क्रसर उद्योग बाहेक अरुले नदीमा स्काइभेटर लगाएर सामग्री उत्खनन् गर्न नपाउँने गरि खुल्ला गरिएको छ । तर आबश्यकता हेरेर स्काइभेटर लगाउन  पर्ने भएमा सम्बन्धीत स्थानीय तहको स्वीकृत  लिएर काम गर्न सकिने भएको छ ।
यससँगै अनियमितता गर्ने जो कोहीलाई पनि कडा कार्वाहि गर्ने र अबदेखि नदीमा अनियमितता गर्नेलाई गरिएको कार्वाहि वापत उठेको जरिवानाको रकम सम्बन्धीत पालिकालाई नै जिम्मा लगाइने जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्गले बताउँनु भएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.