ध्वस्त विद्यालयको मुहार फेर्दै संघसंस्था

देवराज सुवेदी/लोकप्रिय समाचार- मेलम्ची नगरपालिकाका उप प्रमुख भगवती नेपालले नगरपालिकाभित्र निर्माण गरिने सबै शौचालय छात्रामैत्री, अपाङ्गमैत्री र लैङ्गिकमैत्री बनाउन अनिवार्य गरिने बताउनुभएको छ ।

महिला आत्मनिर्भरता केन्द्र र अक्सफामको साझेदारीमा सञ्चालित भूकम्प पुनर्लाभ तथा पुनर्निर्माण कार्यक्रममार्फत निर्माण गरिएको शौचालय हस्तान्तरण कार्यक्रममा सो कुरा बताउनु भएको हो । मेलम्ची नगरपालिका ११, कटुन्जेको जनजागृति माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालय हस्तान्तरण गरिएको छ ।

२०७४ भदौ २३ गते  संस्था र विद्यालयबीच सम्झौता भई २०७५ श्रावण १५ गते सम्पन्न भएको शौचालयको सामाजिक लेखा परीक्षण गर्दै हिजो औपचारिक रुपमा हस्तान्तरण भएको हो । कुल १० लाख ४७ हजार ८१९ रुपंैया लागतमा निर्माण गरिएको छात्रामैत्री, अपाङ्गमैत्री तथा छात्रछात्राका लागि छुट्टाछुट्टै कोठासहितको ६ कोठा शौचालय र वाल मैत्रि धारा समेत निर्माण गरिएको महिला आत्मनिर्भरता केन्द्रका अनुगमन तथा मूल्याङ्कन अधिकृत राजेन्द्र चौलागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष डोल्मा तामाङले शौचालय सिधै मानिसको स्वास्थ्य र पहिचानसँग जोडिएकाले यसको सरसफाइमा आगामि दिनमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा अक्सफाम नेपालका कार्यक्रम व्यबस्थापक अनिता शाह, अक्सफाम क्यानडाका प्रतिनिधि, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.