मन्त्री यादवद्वारा अस्पतालको भवन उद्घाटन

लोकप्रिय समाचार/स्वास्थ्य जस्तो अति महत्वपूर्ण क्षेत्रलाई व्यवस्थित गरी सञ्चालन गर्नका लागी सबैले सहयोग गर्नुपर्ने र यसका लागी स्वास्थ्यको संरचना यथावत राखिनु पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुरेन्द्रकुमार यादवले बताउनु भएको छ ।

उहाँले   जिल्ला जनस्वास्थ्य कार्यालय खारेज नगरी साविककै अवस्थामा राखिनु पर्ने बताउँदै  जिल्लाका सबै स्वास्थ्य संस्थासंगको समन्वय तथा औषधी तथा भ्याक्सिनको उचित व्यबसथापनको लागि पनि जनस्वास्थ्य कार्यालयको अति  आवश्यक रहेको बताउनुभयो । उहाँले आफू मन्त्री नहुँदै कार्यालय खारेजि गर्ने निर्णय भई सकेछ तर जिल्ला जनस्वास्थ्य कार्यलयको आवश्यकता छ । यसका लागी आफूले पहल गर्ने समेत बताउँनुभयो ।
उहाँले अमेरिका नेपाल मेडिकल फाउण्डेसनले निर्माण सम्पन्न गरेको जिल्ला अस्पताल भवनको शनिवार उद्घाटन गर्दै यस्तो  बताउँनुभएको हो । करिव ८५ लाख लागतमा  प्रिफ्याव २ वटा भवन निर्माण सम्पन्न भएको  उक्त अवसरमा जानकारी गराइएको थियो । २०७२ को महाभूकम्पका कारण अस्पतालको मुख्य भवन क्षतिग्रस्त भएपछि टेन्ट र जस्ताको टहरोमा अस्पताल सञ्चालन हुँदै आइरहेको थियो ।

जिल्ला प्रमुख जनस्वास्थ्य प्रशासक मोहम्वद दाउतले स्वास्थ्य जनताको आधारभूत आवश्यकता रहेकाले यसको सहज पहँुचको लागि ऐन निर्माणका कार्य भईरहेको बताउँदै आगामी दिनहरुमा स्वास्थ्य सेवालाइ अझै शशक्त रुपले अगाडी लैजान सबै स्वास्थ्य कर्मीहरु लागी पर्नुपर्ने बताउनुभयो  ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, अमेरिका नेपाल मेडिकल फाउण्डेसनका अध्यक्ष डा. सुवाष आचार्य, जिल्ला अस्पतालका प्रमुख डा.पोमावती थापा लगायतकाले मन्तव्य राख्नुभएको थियो  भने  स्वास्थयकर्मीहरु लगाएत जिल्ला स्थित सरकारी तथा गैर सरकारी  कार्यलयका कर्मचारीहरुले स्वागत गरेका थिए । 



कार्यक्रम स्थलमा मन्त्री लगाएतका अतिथिलाई सिन्धुनेवा खलका कलकारले नेवारी सांस्कृती झल्कने बाजागाजा सहित स्वागत गरेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.