नगर सुधार समिती सिन्धुपाल्चोकको चौथो नगर सभामा प्रस्तुत बिचार

आदरिणीय प्रमुख अतिथी अमानसिं तामाङ्ग ज्यु , बिषेश अतिथी ज्यु हरु तथा उपस्थित सदस्य तथा नगरबासी  सज्जनबृन्द,
 नेपालको संरचना स्थानीय सरकारको परिचालन तथा स्थानीय नागरिकको संस्थागत तथा पेशागत हितका लागी  हरेक नागरिकको सङ्गठति हुने अधिकार सम्बिधनाले नै ब्यबस्था गरेको छ ।

सम्बिधानको परिधिभित्र रहेर खोलीने हरेक संस्थाहरको आआफ्नै रुप हुन्छ , त्यही रुप अनुसार सिन्धुपाल्चोकमा पनी यो संस्था गठनको प्रकृया अगाडी बढेको हो । संस्था गठनको पुर्ब सन्ध्यामा नेपाल सरकारबाट चौतारालाइ मात्र नगर पालीका घोषणा गरेको थियो । त्यस समयमा नगरपालीकाको अबधारणालाइ सजिलै सँग नागरिकलाइ बुझाउँन नसक्दा चौतारा मा पनी केही बिबादहरु भएका थिए । हामीले यि समस्याहरुका बारेमा  नजीकबाटै अध्ययन गरेका थियौ , तत्काल  नगर लाइ सरसफाइ राखन र नगरपालीकालाइ बिभिन्न बिषयहरुमा सहयोग गर्न पर्ने आबश्यकता देखिएको ले हामीले  नगर सुधार समितीको निर्माण गर्ने योजना अगाडी सारेका थियौ । नगरपालकिाका बिभिन्न काममा सहयोग र सम्मन्वय गर्नका लागी  नेत्र बहादुर बस्नेतको अध्यक्ष्यतामा  १५ सदस्यिय कार्य समिती  भएको संस्था दर्ताको लागी पहल शुरु भयो । नेत्रबहादुर बस्नेतको अध्यक्षतामा बनेको समतीमा यमबहादुर खत्री उपाध्यक्ष, युबराज न्यौपाने सचिब, लुमडी बहादुर पौडेल सहसचिब, शरिता खत्री कोषाध्यक्ष रसदस्य हरिशरण  पुरी  र मायाँ बुढाथोकी   रहेको समिती  बिधिवत रुपमा तत्कालीन जिल्ला बिकाश समितीको सिफारिसमा  जिल्ला प्रशाशन कार्यलयमा बिधिवतरुपमा २०७१ असार ३०गते १६१४नंमबरमा दर्ता हुन पुगेको थियो । त्यस पछी आन्तरिक राजस्व बिभागमा ६०३६४६५५५ नं मा  दर्ता हुन पुगेको छ ।  यस समितीको पहिलो काम भनेको नगरपालीकाबाट भएको निर्णयहरु कार्यन्वयनका लागी सहज गर्नु नगरलाइ सरसफाइ राख्नु भएकोले यसको शुरुवात गर्ने निर्णय भए अनुसार हामीले पहिला बजार क्षेत्रको फोहोर ब्यबस्थापनको शुरुवात गरेका थियौ ा नगरभित्रका नागरिकलाइ  सरसफाइमा मा चेतनामुलक कार्यक्रम  गरेका र फोहोर ब्यबस्थापनका लागी फोहोर संङ्कलन गरेर  राख्ने जग्गाको समस्या परेकोले समाजसेबी  नेत्र प्रसाद दङ्गालले २५ बर्षका लागी जग्गा भाडामा दिने सम्झौता  गरिदिनु भए पछी नगरको फोहोर उठ्न शुरु गरिएको थियो । यस प्रती यस कार्यमा बिशेष योगदान दिनु हुने नगर सुधार समितकिा अध्यक्ष नेत्रबहादुर बस्नेत र जग्गा उपलब्ध गराइदिनु हुने नेत्र  प्रसाद दङ्गाल र यस कार्यमा सहयोग पुर्याउनु हुने समाज सेबी तथा हालका वडाअध्यक्ष नरमान श्रेष्ठ लाइ  बिशेष धन्यबाद दिन चाहान्छौ ।  यस संस्थाको बिधान अनुसार निर्बाचनबाट अध्यक्ष उपाध्यक्ष सचिब सहसचिब कोषाध्यक्ष र ४ जना सदस्य  निर्बाचित हुने ब्यबस्था गरिएको छ भने जिल्ला प्रहरी  कार्यलयका प्रतिनीधि १ जिलला बिकाश समितीका प्रतिनिधी १ नगरपालीकाका प्रतिनीधि १ पत्रकार महासंङ्गका प्रतिनीधि १  सहयोगी संञ्चार कर्मी बाट १ दैनिक पत्रीका राष्ट्र्यि संञ्जालबाट १ गरि १५ सदस्यिय कार्य समितकिो समेत ब्यबस्था गरिएको छ । हामीले चौताराको फोहोर ब्यबस्थापन गर्दा  शूरुमा भोग्न परेको समस्यालाइ समेत  समधान गर्न थाले पछी २०७४मा निर्बान भएर स्थानीय सरकार संञ्चालनमा आए पछी निर्बाचित पदाधिकारी बाट काम संञ्चालन गर्ने नगरपालकिाको मनशाय भएकाले यसको समर्थन गर्दे हामीले नगर पालीकालाइ नै ब्यबस्था गर्न सहयोग गरेका छौ हाल सम्म नगरपालीकाले गरिरहेको उक्त कार्य को सन्तोष जनक भए नभएको मुल्याङ्कन गर्ने जिम्मा याँहारुमा निहीत रहेको बिश्वास दिलाउदै  आगामी दिनहरुमा यस संस्थाले अझ ब्यबस्थित तरिकाले नगरपालकिा संँग सम्मन्वय गरी कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्द छौ ।  यसै अनुरुप नगर सरसफाइ तथा मज्दुर ब्यबस्थापानका लागी एक उप समिती समेत गठन गरिएको छ जसमा  कुृष्ण बहादुर ठकुरी अध्यक्ष लाका तामाङ्ग उपाध्यष मानबहादुर तामाङ्ग सचिब  कमल भुजेल सहसचिब  पदम बहादुर बुढोथोकी कोषाध्यक्ष  बेदकाजी श्रेष्ठ सहकोषाध्यक्ष  सदस्यहरुमा डम्बर बहादुर घले  लक्ष्मण श्रेष्ठ कटक बहादुर घले  रोषन राउत गोपाल श्रेष्ठ सोम्पाल तामाङ्ग अमृत श्रेष्ठ दिल बहादुर बिश्वकर्मा मायाँ बिक  केदार बहादुर घले दुर्गा श्रीपाली रहेको समिती गठन भएको र त्यस उपसमितीले नगर सरसफाइमा काम गर्ने बिभिन्न ब्यक्तीहरुको ब्यबस्थापन  तथा नगरपालकिालाइ सरसफाइमा सहयोग पुर्याउँने  छ ।  हाल निर्बाचित नगर पिता अमानसिंह तामाङ्ग ज्यु ले नगरबिकास तथा नगरका नागरिकका आर्यआर्जन बृद्धीका लागी अगाडी सार्नु भएको समृद्ध नगर निर्माणमा हामी ले हातेमालो गर्दै सहयोग गर्नका   लागी सबै नगर बासीमा पुन एकपटक अनुरोध  गर्दछो ।
 धन्यबाद
 नगरसुधार समिती परिबार
 सिन्धुपाल्चोक

Lokpriyasamachar@. Powered by Blogger.