महिलामा परिवर्तन आउँदैछः पराजुली
लोकप्रिय समाचार/विगतका वर्षहरु भन्दा यस वर्ष महिलाहरुमा आएको जोश, जाँगर र उहाँहरुले देखाएको अग्रसरताको कारण पक्कै पनि केही परिवर्तन भएको आफूलाई विश्वास लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुलीले बताउनुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ द्वारा आयोजित तीज विषेश कार्यक्रमको उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
महिला हिंसा विरुद्ध चेतनामूलक खालका भाका र शव्दहरु समेटेर गरिएको लोकदोहोरी कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै नगर उपप्रमुख पराजुलीले महिला हित र महिलाको लागि आयआर्जनमूलक कार्यक्रम, महिला अधिकार संरक्षण र घरेलु हिंसा विरुद्ध हुने कार्यक्रमहरुलाई नगरपालिकाले सहयोग गरिरहेको र फेरी पनि गरिरहने प्रतिवद्धता व्यक्त गर्दै संस्कार, संस्कृति र यस्ता महान चाडहरुलाई संरक्षण गर्नको निमित्त आफू र नगरपालिका सधैं तत्पर रहेको बताउनुभयो ।
विषेश अतिथिको आसनबाट बोल्दै १४ नं. वडाका वडाध्यक्ष शेरबहादुर श्रेष्ठले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ अन्तरगत रहेका कुनै पनि महिलाहरुलाई कुनै पनि खालको समस्या पर्न आएमा तत्काल वडामा सम्पर्क राख्न अनुरोध गर्दै महिला हिंसाको विरोधमा सधैं वडा कार्यालय लागि परेको स्पष्ट पार्नुभयो ।

निर्णायक मण्डलका संयोजक दिलबहादुर कार्कीले कविता मार्फत विगतमा भोग्नुपरेको महिलाहरुको समस्या र वर्तमान स्थितिसम्म आउँदा भएको परिवर्तनका बारेमा प्रष्ट पार्न खोज्नुभएको थियो भने निर्णायक मण्डलका सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिका कार्यपालिका सदस्य सागर परियारले महिला जागरुक गीत सुनाउनुभएको थियो ।
महिलाहरुको हक, हित र संरक्षणको लागि वडा सञ्जालले यस अघि पनि विभिन्न कार्यक्रमहरु गरिरहेको र अहिले तीज विशेष कार्यक्रम गरेको र आगामी दिनमा पनि महिला हिंसा विरुद्ध चेतनामूलक कार्यक्रमहरु गरिरहने वडा महिला सञ्जालकी कोषाध्यक्ष सिता बस्नेतले बताउनुभयो ।
निर्णायक मण्डलकै सदस्य आश्मान लोप्चनले महिला तीज सम्बन्धि गीत गाएर मनोरञ्जन दिनुभएको थियो भने प्रतियोगितामा वडा नं. १४ का ७ वटा समूहले प्रतिष्पर्धा गरेका थिए ।

त्यसैगरी जानुका नेपाल, विना अधिकारी, विन्दा पराजुलीको समूह तेस्रो भएको थियो भने मन्दिरा अधिकारी, ठूलिकान्छी पराजुली, मैया नेपालको समूहले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
उहाँहरुलाई वडा अध्यक्ष शेरबहादुर श्रेष्ठ, डडुवा भवानीशंकर माविका प्रअ बद्रीप्रसाद नेपाल, शिक्षक अभिभाक संघका अध्यक्ष उद्धव नेपाल, १४ नं. वडाका वडा सदस्य भेषबहादुर खत्री नेपाल र आयोजकहरुले नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
रसिला नेपाल र अञ्जना भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाका विद्यालयका प्रअहरु, महिला सञ्जालका पदाधिकारीहरु लगायत स्थानीय महिलाहरुको व्यापक उपस्थिति रहेको थियो ।