महतोको लागि चौतारा अस्पताल ‘भगवानको घर’

लोकप्रिय समाचार/सिन्धुपाल्चोक जिल्लाको  सदरमुकाम चातौरामा रहेको चौतारा अस्पतालले एकपछि अर्काे सुबिद्या उपलब्ध गराउँदै आएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले स्थानियको सूचनाको आधारमा भदौ १४ गते दिउँसो चौतारा साँगाचोकगढी सडक खण्डको साँगाचोक जंगलमा खुट्टामा घाउ भई  किरा परेको हिँडडुल गर्न नसकी बेवारिसे अवस्थामा रहेका व्यक्तिलाई अस्पातलमा ल्याएको थियो ।

नवलपरसी जिल्ला हर्रे जेवी बेलवा घर भएका हर्कबहादुर महतो नाम गरेको व्यक्तिलाई प्रहरीले अस्पतालमा ल्याएको र अस्पतालमा आउँदा  महतोको स्थिति नाजुक रहेकोले सबै प्रकृयाबाट उपचार गराइएको थियो  । बिषेश गरी मानसिक अबस्था ठिक नभएकाले शुरुमा उपचार गर्न निकै समस्या परेको अस्पातलमा उपचारमा संग्लग्न कर्मचारीहरुले बताएका छन् ।

खुट्टामा पूरै घाउ भएको शौचालयमा पाइने खालका किराहरु परेको जताततै दिशा गरेर फोहोर गरी बसेको अवस्थामा उपचार गर्नका लागी अस्पतालको समूहलाइ ठूलो समस्या परेको थियो ।

बिशेष गरी डाक्टर पोमावती थापाले मानिस सबै आफ्नै घर परिबार सम्झेर उपचार गर्न पर्ने  यस्ता खालका बेबारिसे मानिसलाई उपचार गर्नु सबै भन्दा ठूलो धर्म हो भन्दै उपचार गराइएको अस्पातालका कर्मचारीहरुले  बताएका छन् ।  अस्पतालको बेडमा समेत दिसा गरिदिएपछि अस्पतालमा आउँने अरु बिरामीहरुले समेत त्यस तर्फ गुनासो गर्ने गरेको र उपचारको समयमा निकै समस्या भएको डा पोमावती थापाले बताउँनुभयो  ।

अस्पतालमा रहेका प्रहरी कृष्णराज पोखरेल तथा अस्पतालका कार्यालय सहयोगीहरुले सरसफाई गरेर उपचार गराएका थिए ।  बिरामीको आफन्त नभएका कारण आफूले नुहाइदिएको लक्ष्मीराज जोशीले बताउनुभयो । अस्पतालले गर्न पर्ने सबै काम निःशुल्क गरेको र अस्पाताल भन्दा बाहिर अस्पतालमा लाग्ने शुल्क समेत उहाँसँग नभएका कारण सबै अस्पतालले बेहोरेको डा थापाले बताउानुभयो ।

उता आफ्ना बुबाको खोजि गरिरहेका  महतोका छोरा अर्जुन महतोले तराइका बिभिन्न भागमा खोजी गर्दा नभेटेर थकित भएको बताउँदै  एक्कासी यहाँ भएको थाहा पाउँदा आफूले अस्पताललाई भगवान कै घर  भएको र डाक्टर र प्रहरी भगवान भएको महशुस गरेको बताउँदै  आफ्नो पितालाइ  भेट्न पाउँदा खुशीले सीमा नाघेको बताउनुभयो ।



प्रहरीले निजको दाई जगरनाथ महतोलाई २८ गते सम्पर्कमा ल्याई हर्क बहादुर महतोलाई शकुसल निजको छोरा अर्जुन महतोको जिम्मा लगाई पठाईएको थियोे ।

,
Lokpriyasamachar@. Powered by Blogger.