नदीजन्य पदार्थ उत्खनन सम्बन्धी छलफल स्थगित, सोमबार फेरी छलफल हुने

लोकप्रिय समाचार/जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको कार्यालयमा आइतबार बसेको नदीजन्य पदार्थ उत्खनन्  सम्बन्धी छलफल निश्कर्षमा नपुगि स्थगीत भएको छ ।

सरकारले वर्षादको समयमा तीन महिनासम्म  रोकिएको नदीजन्य पदार्थ उत्खनन् असोज १ गते देखि खुलाउने भनिएता पनि निर्णयमा पुग्न नसकेको कारण रोकीएको हो । बैठकमा   उठेका बिषयहरुमा निर्णयमा पुग्न र कसरी व्यवस्थित गर्ने अबैध कार्य हुनबाट कसरी रोक्ने भन्ने बिषयमा समेत  छलफल गर्न पर्ने भन्दै बैठक सोमबार फेरी बस्ने गरी स्थगित भएको  छ ।



बैठकमा  सहभागी पालिकाका प्रमुखहरुले  स्थानीय सरकारलाई नदीलाई व्यवस्थीत गरेर सामग्री उत्खनन् गर्न दिनु पर्छ, पुननिर्माणमा समस्या भयो भन्ने तर्क राख्नु भएको थियो भने यस सम्बन्धमा  सबै पालिकाका प्रमुख र प्रशाशन बसेर व्यवस्थित र स्थायित्व हुने कार्य विधी बनाएर खुल्ला गर्नका लागी  पनि आन्तरिक तयारी गर्न र सबै पालिकाका प्रमुखहरु र प्रशाशन बसेर कार्यबिधी निर्माण गरि नदीबाट सामग्री उत्खनन्  गर्ने ब्यबस्था गर्नको लागी  सोमबार बस्ने  बैठकले  ठोस निर्णय गरेर सम्भबत असोज  ७ गते भित्रै खुल्ला हुने भएको छ । 

यस सम्बन्धमा  प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले  अनुगमन समितीको बैठक बसेको र सोमबार हुने छलफलले के निर्णय गर्छ  त्यही निर्णयका आधारमा हुने बताउनुभयो । 

अनुगमन समितीका संयोजक तथा जिससका प्रमुख कृष्ण गोपाल तामाङले पुनर्निर्माणमा  रहेका नागरिकहरुका लागी  पनि  तत्काल निर्णयमा पुग्नुपर्ने भएकाले सोमबार नै सबै पालिकाका प्रमुख लगाएत जिल्ला समिति बसेर यस विषयमा टुङ्गो लगाउन लागेको बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.