महिला सञ्जालद्वारा ज्ञापन पत्र पेश

लोकप्रिय समाचार/अन्तर पार्टी महिला सञ्जालले  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंमा ज्ञापन पत्र बुझाएको छ । देशमा व्यापक रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन भैरहेको अवस्थामा सञ्जालले ज्ञापन पत्र बुझाएको हो ।


कञ्चनपुरमा १३ बर्षीय निर्मला पन्तको पासबिक ढंगले बलात्कार र हत्या भएको अवस्थामा दोषीलाई कानुनको दायरामा ल्यानउनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । महिला र बालबालिकाहरु माथि हुने हत्या, बलात्कार तथा अन्य हिंसात्मक घटनाहरु भइरहेका छन् ।

९ महिनाको दुधे बालिका देखि ७० वर्षकी वृद्धासम्म बलात्कार जस्तो जघन्य हिंसाको सिकार भइरहेका छन भन्दै अब हत्यारालाई कानुनको दायरामा ल्याइ कडा कारवाहि गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
महिला हिंसा विरुद्ध थुप्रै कानूनहरु भएता पनि यस्ता तर अझै कार्यान्वयन हुन सकेको छैन् । यस्ता प्रकारका हिंसाका घटनाहरु दिन प्रति दिन बढ्दो छ । पछिल्लो समय समाज झन पछि झन विकृति, विसंगति र अनैतिकताको अधोगति तिर गइरहेको बताउदै ज्ञापन पत्र बुझाइएको सञ्जालकी अध्यक्ष उमा प्रधानले बताउनुभयो ।

सञ्जालकी अध्यक्ष उमा प्रधान र सचिव अम्बिका नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा देशको उत्तराधिकारी युवा पुस्ता जाँड, रक्सी, जुवा, तास र लागु औषधीको दुर्वेसनमा फस्दै गएको उल्लेख छ । यसले पनि महिला माथि हुने बलात्कार जस्तो पासविक हिंसाको घटनालाई बढावा दिइरहेको ज्ञापनपत्रमा उल्लेख छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.