विभिन्न कार्यक्रम गरी संविधान दिवस, राष्ट्रपतिद्वारा निरौला विभूषित, इन्द्रावतीमा वक्तृत्वकला

लोकप्रिय समाचार/ संविधान दिवस जिल्लाका सबै पालिकाहरुमा विभिन्न कार्यक्रम गरी मनाईको छ ।

समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराका साथ सम्पन्न भएको संविधान दिवस पालिकासँगै अनेरास्ववीयू सिपा, अनेरास्ववीयू क्रान्तिकारी, नेविसंघ र चौतारा क्याम्पसले समेत दीपावली गरी मनाएका छन् ।

 
कार्यालय तथा बजार सरसफाई, ¥याली तथा प्रवचन कार्यक्रमको आयोजना गरी सबै पालिकाहरुले मनाएका हुन् । ¥यालीमा जनप्रतिनिधिहरु, राष्ट्रिसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, शिक्षक, विद्यार्थी, कलाकार, स्थानीय क्लव तथा गैससका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै संविधान दिवस २०७५ को अवसरमा सिन्धुपाल्चोक जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद निरौला राष्ट्रपतिद्धारा प्रबल जनसेवा श्री बिभुषणबाट विभूषित हुनुभएको छ ।
संविधान दिवसको अवसार पारेर सरकारले ४ सय २१ जनालाई विभूषित गरेको छ ।  राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार, खेलाडीलगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो ।

यसैबीच संविधान दिवसकै अवसर पारेर इन्द्रावती गाउँपालिका मावि स्तरीय वक्कृत्वाकला प्रतियोगिता हिजो सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बंशलाल तामाङको प्रमुख अतिथ्यता र ऐसेलुखर्क माविका प्रअ कुञ्जरमाणी भट्टराईको सभापतित्वमा ऐसेलुखर्कमा प्रतियोगिता सम्पन्न भएको हो । इन्द्रावती गाउँपालिकाको आर्थिक सहयोग तथा इन्द्रावती गाउँपालिका शिक्षा कार्यालयको आयोजनामा कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवम् गाउँपालिकाका अध्यक्ष तामाङद्वारा दीप प्रज्जवलन गरी भएको थियो ।

संविधान दिवसको अवसरमा आयोजित वक्कृत्वकला प्रतियोगिता हाम्रो संविधान र बाल अधिकार भन्ने विषयमा रहेको थियो । कार्यक्रममा विशेष अतिथिको गाउँपालिका प्रशाकिय अधिकृत बिनोद रोक्का र अतिथि १ नं. वडाध्यक्ष श्री लामा, २ नं. वडाध्यक्ष वीरबहादुर तामाङ, ५ नं. वडाध्यक्ष दुर्गाबहादुर तामाङ च्याङबा, १० नं. वडाध्यक्ष जीवन थापामगर, ४ नं. का निमित्त अध्यक्ष अर्जुनबहादुर अधिकारी रहनुभएको थियो । कार्यक्रममा गाउँपालिका सदस्यहरु, वडासदस्यहरु र शिक्षण पेशामा आबद्ध भएका कर्माचारीको उपस्थिति भएका थिए ।

गाउँपालिका भित्रका १२ ओटा विद्यालयले सहभागीता जनाएको कार्यक्रममा इन्द्रावती शाखा मेगा बैंकले खानेपानीको प्रबन्ध गरेको थियो । प्रतियोगितामा नवलपुर माविका सावित्रा तामाङ प्रथम, ऐसेलुखर्क माविका मेरिना अधिकारीले द्वितीय, चण्डेश्वरी माविका सुजन कुवर तृतीय हुनुभएको थियो । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः नगद रु १५ हजार, ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्नुभएको थियो ।

साथै गाउँपालिकाले संविधान दिवसकै अवसर पारेर हिजो विहान बृहत् सरसफाइ कार्यक्रम पनि आयोजन गरेको थियो ।

यसैबीच विस्व आत्महत्या दिवश सेप्टेम्बर १० को अवसरमा टिपिओ नेपालले आयोजना गरेको माध्यमिक तह नगर स्तरीय निवन्ध लेखन प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धिलाई चौतारामा एक कार्यक्रम गरी पुरष्कृत गरेको छ । आत्महत्या रोकथाममा सबैको सहकार्य शिर्षकमा भएको प्रतियोगितामा कुन्डला देवि माविकि जोशिला खनाल प्रथम हुनुभएको छ ।

उत्कृट र सहभागि विद्यार्थिलाई नेपालका लागि अष्ट्रेलिएन राजदुत पिट वल्डले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राजदुत पिट वल्डले सानै उमेरका विद्यार्थिबाटनै आत्महत्या न्युनिकरण गर्न थालिएको अभियानले खुसि बनाएको प्रतिक्रीया जनाउनुभयो ।

चौतारा सांगाचोकगढि नगरपालिका प्रमुख अमान सिंह तामाङले आत्महत्या रोकथाममा नगरले निति तथा कार्यक्रम यो वर्ष पनि ल्याएको र यसलाई निरन्तरता दिदै जाने बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.