स्कुल–स्कुलमा प्रहरी जिल्लालाई अपराधमुक्त बनाइनुपर्नेः तामाङ

नेत्रबहादुर बस्नेत, लोकप्रिय समाचार/सिन्धुपाल्चोक जिल्लामा  एक घर एक प्रहरीको अनुभुती  दिलाएर जिल्लालाई अपराधमुक्त जिल्ला घोषणा गर्न पर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले  बताउँनु भएको छ । उँहाले अपराधमुक्त सिन्धुपाल्चोक निर्माणका लागि प्रहरीसँगै हातेमालो गर्दै स्थानीय सरकार, जनता  लाग्नुपर्ने बताउँदै ‘अब सके एक घर एक बर्दी प्रहरी हुनु पर्ने नसके पनि बिना बर्दीको भए पनि एक घर एक प्रहरी बनाएर जिल्लालाई अपराध मुक्त जिल्ला बनाउनुपर्ने बताउनुभयो ।


उँहाले विद्यार्थीहरु अब  प्रहरी शिक्षा पनि सिकेर बर्र्दििवनाको  प्रहरी बनेर अपराध न्युनिकरणमा लाग्न ढिला भइ सकेको बताउादै सिन्धुपाल्चोक जिलला प्रहरीले यसलाई कार्यन्वयन गराउान सकने खालको अबधाराणाका साथ स्कुल स्कुलमा प्रहरी भन्ने अभियान शुरु गर्न लागेको बताउानु भयो ।

उँहाले एक महिना सम्म चल्ने स्कुल स्कुलमा प्रहरी अभियानको शुभारमभ कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै उक्त कुरा बताउँनु भएको हो ।  जिल्ला प्रहरी कार्यालयले स्कुल–स्कुलमा प्रहरी अभियान कृष्ण रत्न गङ्गा मााबी चौताराबाट शुभारम्ब गरेको कार्यक्रमको प्रमुख अतिथीको आशनबाट बोल्दै उँहाले यस्तो बताउँनु भएको हो ।
सोमबार जिल्ला सदरुकाम चौतारा स्थित शहिद स्मृती भबनबाट उक्त अभियानको शूरुवात गरिएको हो ।  चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गको प्रमुख अतिथ्यतामा स्थानीय जनप्रतिनीधि, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुको उपस्थितीमा स्कुल स्कुलमा प्रहरी अभियान सुरुवात गरिएको हो । अभियानको शुभारम्भका बारेमा प्रकाश पार्र्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले सचेतनाका स्वर बोकेर सिन्धुपाल्चोकका हरेक विद्यालयमा प्रहरी पुग्ने बताउँनु भयो ।
उहाँले  ‘असल शिक्षाबाट नै असल समाजको निर्माण हुने हँुदा  हामी यौन हिंशा, लागुऔषध र सवारी दुर्घाटना न्युनिकरणका लागि सचेतना जगाउँदै स्कुल स्कुलमा पुग्ने र यस बाट जिल्लामा  पुर्ण शान्ती सुरक्षाका लागी बाताबरण निर्माण गर्न लागी परेको बताउँनुभयो । पछिल्लो समयमा ‘स्कुल गएकी छोरी सुरक्षित रुपमा घर फर्कन नपाउने अवस्था छ, बोक्सी आरोपमा धेरै आमादिदिहरुले दुव्र्यवहार सहिरहनु भएको हुन सक्छ भन्दै मरासिनीले सामाजिक विसंगती र कुरितिबाट मुक्त समाज निर्माणका लागि स्कुल स्कुलमा प्रहरी अभियान सुरु गरेका बताउँनु भयो ।
कार्यक्रममा  नेपाल पत्रकार महासंघ सिन्घुपाल्चोकका उपसभापती ज्ञानेन्द्र तिमील्सिनाले भबिष्यमा हुने उच्च ओहोदाका  बालबालकिहर नै हुन उँहाहरुले सानै देखी राम्रो शिक्षा पाउँदा उच्च आहोदामा जाँदा पनि राम्रा काम गर्न सक्षम हुने हुँदा शिक्षा लिने र दिनेमा कसैले पनि कन्जुस्याइ  गर्न नहुने बताउँनु भयो ।
यस्तै कृष्ण रत्न गङ्गा माबीका प्रचार्य राजेन्द्र कुमार श्रेष्ठले  स्कुल स्कुलमा प्रहरी अभियानको उद्घाटन आफ्नै बिद्यालयबाट भएकोमा बिदालय भाग्यमानी मात्र होइन बिद्यालयमा थप जिम्मेवारी पनि आइ परेको  महशुस भएको र आगामी दिनमा शिकाइको शिलसिलामा  थप जिम्मेवार बनाएको समेत बताउानु हुदै प्रहरीको यो कदमले  शिक्षा क्षेत्रमा नयाँ आयम थपिएको बताउँनु भयो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेले बिद्यालयमा  बिदार्थीहरुमाथी शिक्षकबाटै हिंसा भएको उजुरी आइरहँदा त्यसलाई सके सम्म गुपचुप राखने पहल भइरहेकोमा आफुलाई दुख लागेको बताउँदेै  अपराध न्युनिकरण र सभ्य समाज निर्माणका लागि जिल्ला प्रहरी कार्यालयले रचनात्मक काम थालनी गरेको मा बिषेश धनयबाद दिनु भयो ।
उँहाले ‘दुव्र्यवहार सहेर बस्नु हुँदैन, भोगेका र देखेका घटना प्रहरीलार्ई निर्धक्क भन्नुपर्दछ अनी मात्र सभ्य नागरिकको पहिचान हुन्छ भन्दै घटना घटाउँने भन्दा पनि घटना घटेको देखेर उजुरी नगर्ने ठुलो अपराधी हुने बताउनुभयो ।
ईकाई प्रमुख पाण्डेले यो अभियानले शिक्षामा आमुल परिबर्तन आयँने आफुले बिश्वास लिएको समेत बताँउनु भयो ।
कार्यक्रम प्रहरी उपरीक्षक मरासिनीको कविता र प्रहरीले गाएको गीतले सहभागिहरुलाई मनोरञ्जन गराएको थियो ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.