अगाडि बढ्दै विद्यार्थीसँग प्रहरी कार्यक्रम

लोकप्रिय समाचार/यौनजन्य अपराधका घटनाहरु न्यूनिकरणको लागी जिल्ला प्रहरी कार्यालयले विद्यार्थीसँग प्रहरी कार्यक्रमलाई अगाडी बढाएको छ ।

यस कार्यक्रम अन्तरगत आइतबार ३१ गते मात्र जिल्लाका बिभिन्न विद्यालयहरुमा यो अभियान सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जिल्लाका पैतिस हजार भन्दा बढी बिद्यार्थीलाई यस सम्बन्धी चेतनामुलक शन्देश दिँदै प्रत्यकको हातहातमा पर्चा र ब्रुशियर उपलब्ध गराउने बताएर कार्यक्रमको सुभारम्भ गरेसँगै यसले निरन्तरता पाउँने क्रममा आइतबार यो अभियान चलाइएको हो ।

यौनजन्य अपराधका घटनाहरु न्युनिकरणकोलागी  जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले संचालन गरेको स्कुल स्कुलमा प्रहरी कार्यक्रम अभियान अन्तरगत आइतबार  चौतारा साँगाचोकगढी नगरपालीका स्थित  श्री कृष्णरत्न गंगा मा.बि चौतारामा अध्यनरत बिद्यार्थी संख्या  १९० , श्री सिम्पलेश्वरी मा.बि. ईन्द्रावतीमा अध्यनरत बिद्यार्थी संख्या . ९०, श्री जल्मा मा.बि. बाहुन्ने पाटी  मेलम्चीमा अध्यनरत बिद्यार्थी संख्या . ८५, श्री  भुमेश्वरी मा.बि. हेलम्बुमा अध्यनरत  बिद्यार्थी संख्या ६५, श्री त्रीपुरासुन्दरी मा.बि.पिस्करमा अध्यनरत बिद्यार्थी संख्या  ११५, श्री कालिका मा.बि.पिस्करमा अध्यनरत बिद्यार्थी संख्या  ३२५, श्री तातोपानी आधारभुत बिद्यालय तातोपानीमा अध्यनरत बिद्यार्थी संख्या  ८५, श्री महेन्द्र कान्ती मा.बि. ठोकर्पामा अध्यनरत बिद्यार्थी संख्या  २१५ र बाघभैरव आधारभुत बिद्यालय पिस्करमा अध्यनरत बिद्यार्थी संख्या  १२५ जना बिध्यार्थी लगायत उक्त बिद्यालयहरुमा कार्यरत शिक्षक हरुलाई समेत यौनजन्य अपराधका घटनाहरु न्युनिकरणको सम्बन्धमा अन्तरकृयात्मक सचेतना कार्यक्रम गरी  जिल्ला प्रहरी कार्यालय बाट तयार पारिएको सो संग सम्बन्धित पर्चा पम्प्लेट तथा ब्रुसियर बितरण गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.