ध्वस्त तातोपानी, संवेदनहीन सरकार

रामबाबु कोइराला/लोकप्रिय समाचार– तातोपनी मितेरी भन्सार बन्द भएको ३ वर्ष पूरा भयो । नाकामा चहलपहल शुन्य छ । एक ठफ्फा सिमा  सुरक्षा प्रहरी र त्रसिद स्थानीय बाहेक बाटोमा कोही हीडडूल गर्दैनन् । व्यवसाय ठप्प छ ।

तातोपानी भूकम्प पछि उठ्नै नसक्ने गरी थला परेको छ । भुकम्पले तातोपनी मात्र होइन यससँग आवद्ध हजारौंको रोजीरोटी खोसिएको छ । आसपासको बजारको व्यापार चौपट त भयो नै संगै सिङ्गो देशकै राजश्वमा समेत गिरावट आयो । तातोपनी नाका शुलभ चिनीया उत्पादन नेपाल आयात गर्ने सहज स्थल मार्ग थियो ।

२०७२ बैशाख १२ र १३ को भुकम्पले सबै भन्दा बढी क्षति दोलखा र सिन्धुपाल्चोकलाई ग¥यो । त्यसमा पनि सिन्धुपाल्चोकको उत्तरी भूभाग धेरै क्षतिग्रस्त भयो । भुकम्पले तातोपानी जाने बाटो, घरगोठ, लगायत सम्पूर्ण भौतिक संरचना पुर्णरूपमा ध्वस्त बनायो । उसै त अग्लो पहाड, भिरालो जमीन र चट्टानको बिचमा जोखिम युक्त बस्ति छ त्यसमा पनि भुकम्पले हल्लाएर जमिन पहिरो जान थालेको छ । त्यसमाथी भोटेकोशी बाढीले पुरै बजार र बाटो बगाएको छ ।

अहिले तातोपानी नाका शुन्य छ तर जनता अशान्त छन् । न बाटो छ न व्यापार । उच्च हिमाली भेग भएकोले अन्न पर्याप्त फल्दैन ढुवानी गर्ने बाटो छैन त्यसैले जनता भोकभोकै मर्न विवश छन् । ‘हामी लाई नियती ले नाकाबन्दी लगायो, सरकारले जनता नै सोचेन’ एक स्थानीय रामी लामाले बताउनुभयो । लामा भन्नुहुन्छ– न सरकारले अन्न दिन्छ न सडक बनाइदिन्छ हाम्रो आवाज सुन्ने कोही भएन, नेता आए भोट लगे तर केही दिएनन् । सडक खोलिदिए नाका खुल्थ्यो कि ? उहाँलाई अझै आश छ ।

त्यसैगरी होटल ब्यबसायी कामी डोमा शेर्पाले सरकारलाई बाँच्ने आधार बनाइदिन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– ब्यापारको त के कुरा बिरामी हुँदा  सिटामोलसम्म नपाउने दुर्गम भएको छ तातोपानी । बाह्रबिसेदेखि तातोपानी २६ किमि सडक खण्डमा मात्र ९ वटा ठुला पहिरो गएको छ भने अनगिन्ती साना पहीरो गएको छ । तातोपानी र आसपासको गाऊँ भूक्षय र पहिरोको दृष्टिले उच्च जोखिममा रहेकोले बस्ती सार्न सरकारलाई इन्जिनियरको टोलीले सुझाएको थियो तर सरकारले सुनेन ।

नाका बन्द हुँदा व्यावसायमा ठूलो असर परेको छ । लगानिकर्ता, आयातकर्ता र ब्यबसायीहरू हतोत्साहित भएका छन् । व्यवसायीहरूले छिटो भन्दा छिटो सडक र नाका खोल्न सरकारलाई अनुरोध गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत भन्नुहुन्छ– केपी ओली सरकारले जनतालाई दिग्भ्रमित बनाउने काम गर्यो । सरकार चीन र भारतसंग सम्बन्ध राम्रो छ भन्ने तर तातोपानी नाका खोल्न कुनै पहल नगर्ने यो अच्चम्मको विषय छ ।

चीनसँग तातोपानी बाह्रबिसे सडक खोल्न १६ अर्ब सहयोग सम्झौता भएको छ र चीनको शर्त पहिरो जति नेपाल सरकारले बनाउनु पर्ने र बाँकी सडक मर्मतको काम चीन सरकारले गर्ने सम्झौता हुँदासम्म सरकारले कुनै पहलकदमी नलिनु लाजमर्दो कुरा भएको बताउनुभयो ।

यसै साता उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक र पत्रकारको टोली सिमा नाका भ्रमण गरी स्थानीय र सिमा सुरक्षा प्रहरीसँग वस्तुस्थिति बारे जानकारी लियो । स्थानीयले उद्योग वाणिज्य संघलाई नाका खोल्न र बाटो बनाउन सरकारलाई आग्रह गरिदिन भने। उद्योग बाणीज्य संघ का अध्यक्ष वेदबहादुर श्रेष्ठ भन्नुहुन्छ– हामीले पटक–पटक सरकारलाई तातोपानी नाका खोल्न र बाटो मर्मत गर्न भनेका छौं । तर सरकारले कुनै तदारूकता देखाएन । हामीले वर्तमान प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत ज्ञापनपत्र बुझायांै तर कतैबाट केही पहल भएन ।

श्रेष्ठका अनुसार सडक विभाग भन्छ २०७२ बाट बाह्रबिसे तातोपानी सडकलाई बजेट परेको छैन । केन्द्र सरकार बजेट दिन तयार छैन । यहाँ  सडक बिभागले हाल कुनै प्रभावकारी  काम गरेको छैन । श्रेष्ठ भन्नुहुन्छ– हाम्रो ठाँउबाट सक्दो पहल गर्ने छौं तर सरकारले छिटो भन्दा छिटो समाधान गर्नुपर्यो ।

तातोपानी समस्या झन–झन बल्झिँदै छ । पहिरोको जोखिम त छँदै छ त्यसमाथी बाढीले झन जोखिम बढाएको छ । पहिरोबाट बेचेको जमिन नदीले बगाउन थालेको छ । गाउमा पहिरोको डर छ  त बेसीमा खोलाको डर । कहाँ बस्ने के खाने ?

नाका खोल्न र बजार सुचारू गर्न सरकारले पुर्ववर्ती सम्झौता अनुसार अभिलम्व पहिरो पन्छाउने काम गर्नु पर्दछ । साथै जोखिमयुक्त बस्ती स्थानान्तरण गर्नुपर्ने, नदि कटानलाई बाँध बाँध्नु पर्ने र सुरक्षित बस्ती बसाउन सरकारी तवरबाटै प्रयास गर्नुपर्ने देखिन्छ । तर देशकै प्रमुख नाका बन्द हुँदा सरकार बाट प्रभावकारी काम नहुनुका साथै जनताको सामान्य दैनिकी समेत निकै कष्टकर भएको अवस्थामा जनतालाई सरकार नभएको आभास हुनु कुनै अन्यथा भएन ।

 
तातोपानी नाका सरकारको प्राथमिकतामा किन परेन ? किन सरकार संवेदनाहीन भएर बसेको छ ? यस क्षेत्रका जनताको सरकारलाई यस्तै अनगिन्ती प्रश्न छन् । समस्या तुरून्त समाधान नगरे तातोपानी थप जोखिममा पर्ने निश्चित छ ।


,
Lokpriyasamachar@. Powered by Blogger.