कृषकबाटैकृषकलाइ वाख्रा उपहार


दिपक खत्री,
सिन्धुपाल्चोक जिल्लामा बिभिन्न समय देखी केही स्थानहरुमा बिभिन्न प्रकारले अनुदान दिएर  आयआर्जनमुलक कार्यक्रममा गैर सरकारी संस्थाहरुले सहयोग गरिरहेका छन । यसरी गरेको सहयोगबाट भएको उपलब्धीहरमा समाजमा अरुलाइ पनी काडेर गर्ने परम्पराको पनी शूरुवात भएको छ । जिल्ला को त्रिपुरासुन्दरी गाउपालिका वडा नं ३ धुस्कुनका ५० कृषकले वाख्रा उपहार पाएका छन् । ५० कृषकलाई वडा भित्रकै ५० कृषकले बाख्रा उपहार दिएका हुन् ।
५ वर्ष पहिले नाम्लो नेपाल नामक सस्थाले धुस्कुनका कृषको आयआर्जन सुधारका लागि प्रति किसान एउटा बाख्रा सहयोग गरेको थियो । वडा अध्यक्ष सुकदेव रिसालका अनुसार अहिले तिनै बाख्राका पठ्रयाङ्रग्रि अरु नया किसाललाई आर्थिक हिसावले आयआर्जनमा लागि सहयोग होस भनेर उपहार दिएका हुन् । वडा अध्यक्ष रिसालका अनुसार  पहिला पशुप्राविधिकले बाख्रा निरीक्षण गरेका थिए ।  प्रजनन हिसावले  योग्य रहेको ठहर गरीएका बाख्रामात्र उपहार दिएको हो । वडा कार्यलयको सहकार्यमा बाख्रापालक कृषकहरुकै संजालले आर्थिक अवस्था कमजोर भएका परीवार छनौट गरेको थियो । चिठ्रठा बाट बाख्रा उपहार दिएको थियो । उपहार पाउने कृषकलाईे जसको नामको चिठ्रठा पर्छ ,उसले उसैको वाख्रा उपहार पाउने नियम बनाईएको थियो । विवाद नहोस्र र कसैको चित्त नदुखोस भन्ने हेतुले चिठ्रठा प्रणलिबाट वाख्रा वितरण गरीएको वडा कार्यलयको भनाई छ । वडाले सूरु गरेको नौलो प्रयोगले स्थानियपनि दङ्ग परेका छन् ।  जिल्लाका सबै भागमा यस्ता कार्यक्रम लागु गरेर कृषकहरुलाइ प्रोत्साहन दिन पर्ने बताइएको छ   



, ,
Lokpriyasamachar@. Powered by Blogger.