छालाजन्य सामग्री संकलन केन्द्रको सुरुवात

देवराज सुवेदी/लोकप्रिय सामाचार– मेलम्ची नगरपालिका ६, सिन्धुकोटमा सामूहिक छाला हस्तकला उद्योगमार्फत छालाजन्य सङ्कलन केन्द्रको शुरुवात भएको छ ।
२०४७ सालबाट एक्सन एड् नेपाल, ग्रामीण छाला परियोजना, बेलायती नागरिक एन्थनी टीट्ले, भोलाराम थापा र स्थानीय बलबहादुर सार्कीको पहलमा छालाजन्य सामग्री तयार पार्ने कामको थालनी भएको थियो ।
सो सङ्कलन केन्द्रले ३५ किसिमका छालाजन्य सामग्रीको मूल्यसूची प्रकाशित गरेको छ । एउटा ब्यागको मूल्य कम्तीमा पाँच सयदेखि सात हजारसम्म रहेको छ । सिन्धुकोटमा उत्पादन गरिएका छालाजन्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सक्दो पहल गरिने दलित एकता सञ्जाल सिन्धुपाल्चोकका अध्यक्ष सुनील मिजारले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.