शूरु भयो ग्रामीण क्ष्ेत्रमा बस सेवा


लोकप्रिय समचार ,दिपीन ढुङ्गना,सिन्धुपाल्चोक जिल्लाका बिभिन्न गाँउहरुमा बर्षादका कारण बन्द रहेको बस सेवा पुनह शूरु भएको छ । अरनिको भिमेश्वर यातायात सेवा प्रालीले बन्द रहेका ग्रामीण रुट नवलपुर स्याउले कुबिण्डे तथा ठुलो सिरुवारी लगाएतका सडकहरुमा  सेवा पुनह शुरु गरेको चौतारा स्थित  प्रालीका कर्मचारी बिरेन्द्र हिमालयले जानकारी दिनु भएको छ । उँहाका अनुसार गाँउ गाउँका यात्रीहरुले बर्षदका कारण सडक अबरुद्ध हँदा ठुलो समस्या भोग्न परेकोमा अरनिको यातायात चिन्तीत रहेको छ । अरनिको द्धारा दिइरहेको ग्रमीण क्षेत्रको सेवाहरमा बतासे बाहेक सबै क्षेत्रमा सेवा संञ्चालन गरिएको र बतासेमा पनी  सडकको स्थितीमा सुधार आउँन साथ सेवा संञ्चालन गरिने समेत हिमालयले बताउँनु भयो । यसै गरी  हिउँद लागेसँगै सिन्धुपाल्चोकको पश्चिमी भेग लगायत काभे्रपलाञ्चोकका विभिन्न ठाउँमा यातायात सेवा दिँदै आएको हेलम्बु र आमा हेल्मो यातायातले पनी गा्रमिण क्षेत्रमा बस  सेवा पुन शुरु गरेका छन । मेलम्ची –नवलपुर, सिपाघाट– नवलपुर, भोताङ काभे्रको देउपुर र चण्डेनीमा बस सेवा सुरु भएको हेलम्बु यातायात मेलम्ची काउण्टर प्रमुख ज्यानबहादुर तामाङले जानकारी दिनुभयो । 

छिट्टै नै थप रुटहरु हेलम्बु, ओखरेनी, कटुन्जे, दुवाचौर लगायत ठाँउमा बस  सेवा शुरु गरिने तामाङले जानकारी दिनुभयो । बर्खा याममा बस नचल्दा गा्रमिण भेगका बासिन्दालाइ यात्रा गर्न र सामान ढुवानी गर्न समस्या भएको थियो । बस नचल्दा एक भारी सामनको एक हजार पाँच सय रुपैया तिर्नु परेको, एकसय रुपैयाँमा पाइने सामानको दुई सयसम्म तिर्नु परेको बरुवाका टासी लामाले बताउनु भयो । बाटो खराबीको कारण सिन्धुपाल्चोकका अधिकांश ठाउँमा हिउँदमा मात्र बस चल्ने गरेका छन । यस तर्फ स्थानीय सरकारले आबश्यक सडकहरु समयमानै मर्मत गरेर आगामी बर्षहरुमा  नियमित यातायात संञ्चालनको ब्यबस्था मिलाउँन पर्ने देखिन्छ ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.