दोलालघाटमा तीज विषेश कार्यक्रम

एकराज श्रेष्ठ/दोलालघाट-
दुलालेश्वर बचत तथा ऋण सहकारी संस्था लि. दोलालघाटको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष रत्नेश्वरी श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष बलराम श्रेष्ठ ज्युले सभापतित्व गर्दै संस्थामा आवद्ध महिला शेयर सदस्यहरु एक आपसमा सुमधुर सम्बन्ध कायम राख्न लक्षित गरि राखिएको यश कार्यक्रम  आगामी बर्ष अझ पृथक शैलीबाट प्रस्तृत गर्ने वचन बद्धता  गर्नु भएको थियो ।


प्रमुख अतिथीका रुपमा रहनु भएका संस्थाका संस्थापक अध्यक्ष  सुरेश कुमार कक्षपतिले नेपाली हिन्दु नारीहरुको लागि महान चार्ड हरितालिका तिजको शुभकाना दिदै अहिलेको दर खाने  निहुमा बिभिन्न होटेल पार्टी प्यालेस गएर  महिनौ दिन अगाडि देखि दर खाने  जुन गलत प्रवृदीको  मार्गको बदलिदो बिकासको अन्य हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
साथै आफ्नो कार्यकालमा सुुुुरु गरिएको संस्थाको बार्षिक कार्यक्रमलाई वर्तमान समितिले फरक शैलीमा भएमा पनि पुर्नता दिएकोमा खुशि ब्यक्त गर्दै धन्यवाद दिदै यस तिज विशेष कार्यक्रमलाइ जुनै शैलीमा  भए पनि निरन्तरता दिन आग्रह गर्नु भएको थियो ।
निस्पक्ष महिला शेयर सदस्यहरुलाइ मात्र लक्षित गरि संचालित सो कार्यक्रममा ५५५ महिला शेयर सदस्यहरुको उपस्थिती थियो ।             त्यसै गरि दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लवले पनि आफ्नै आयोजनामा २०७५ भदौ २७ गते तिजको दिनमा काभ्रे जिल्ला समन्वयन  समितीका उप प्रमुख मन्जु गौतमको प्रमुख आतिथ्य तथा भुम्लुगाउ पालिका कल्पना श्रेष्ठको विशेष आतिथ्यमा तिज विशेष कार्यक्रम  सम्पन्न भएको थियो ।
संस्थाका अध्यक्ष अष्ट बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  कलाकार सबिता ढुंगाना, बिक्रम गौतमको समुधुर गायन  र  ह्यास्य कलाकार भगवान  खत्रीको रोमाञ्चोक प्रस्तृती रहेको सो कार्यक्रमा उल्लेखेनिय संख्याको रुपमा महिलाहरुको उपस्थिती रहेको थियो ।
गोर्खा ब्रुअरीले मुख्य प्रायोजन गरि स्थानिय संघ संस्था तथा स्थानिय  भद्रभलादमीहरुको विशेष सहयोगमा सम्पन्न सो कार्यक्रम  क्लवको इतिहासमा पहिलो पटक  थियो । यसभन्दा अगाडि बुहारी समूह, जनजाती महिला समूह, आमा समूहले सञ्चालन गर्दा क्लवले सहयोग पनि गरेको क्लवका पदाधिकारीहरुले स्मरण गर्नुभयो  ।
सेवा अन्तर्गत एम्वुलेन्स  तथा फोहोर ब्यवस्थापनको निमित ई रिक्शा खरिद तथा दोलालघाटको इतिहासमा दोस्रो महोत्सव गर्न सफल खेलाडीका रुपमा चिनिएका क्लवका पदाधिकारीहरुलाई धन्यबाद दिँदै क्लवलाई राष्ट्रिय अन्तराष्ट्रिय  रुपमा चिनाउन सकोस भनि अतिथिहरुले शुभकामना तथा धन्यवाद पनि दिएका थिए । 
निर्धारित समयमा शुरु भएर  वर्षाको कारण केही समय अवरोध भए पनि कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.