नमूनाको रुपमा जिल्लाको सामुदायिक वन

सिन्धुपाल्चोक जिल्ला साँच्चिकै सामुदायिक वन उपभोक्ता समितिहरुको लागि नमूना रहेको रुपन्देहीका वन उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।
सामुदायिक वन उपभोक्ता समितिको अभियन्ताका रुपमा परिचत रहेको सिन्धुपाल्चोकको भ्रमण अवलोकन गर्न चौतारा आइपुगेको टोलीहरुले यस्तो बताएका हुन् ।


 
रुपन्देही जिल्ला सैनामैना नगरपालिकाका उपभोक्ताहरुले जिल्लाका विभिन्न स्थानहरुमा सामुदायिक वनहरुको अवलोकन गर्ने क्रममा सिन्धुपाल्चोकबाट धेरै कुराहरु सिक्ने मौका पाएको समेत बताएका छन् ।
सैनामैना नगरपालिका वडा नं. १० का वडाध्यक्ष लोकनारायण थापाले विगत लामो समयसम्म जनप्रतिनिति नभएको अवस्थामा वन उपभोक्ता समितिहरुले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै त्यस समयमा बन उपभोक्ता समिति नभएको भए विकासका कार्यक्रममा सहजता आउन नसक्ने रहेछ भन्नुभयो । जनप्रतिनिधि नहुँदा उपभोक्ता समितिले विकास निर्माणको प्रक्रियामा धेरै सहयोग गरेको थियो भन्नुभयो ।
उहाँले यस्तो महत्वपूर्ण कामहरु गर्ने प्रेरणा समेत दिने खालका सामुदायिक वन उपभोत्ता समितिको अभियानताको रुपमा देखिएको सिन्धुपाल्चोकबाट आफूहरुले धेरै कुरा सिकेको बताउनुभयो ।

त्यस्तै झिमझिमलीया सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले सामुदायिक वन उपभोत्ता समितिका अभियानता सिन्धुपाल्चोकमा अन्तरराष्ट्रिय अध्ययन केन्द्रको पनि स्थापना गर्न लागिएको थाहा पाउँदा झन खुसी लागेको बताउँदै यो अवलोकन भ्रमणमा सहयोग गरेकोमा सहायक जिल्ला वन अधिकृत हेमचन्द्र महत र जिल्ला वन कार्यलयका तुलाराम घिमिरेलाई हार्दिक धन्यवाद समेत दिनुभयो ।

भेटघाट कार्यक्रममा बोल्दै झुल्केपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष्य ज्ञान बहादुर सोमरे मगरले सिन्धुपाल्चोकबाट सामुदायिक वनका बारेमा बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.