हत्यारालाई कारवाहीको माग गर्दै विरोध

लोकप्रिय समाचार/नेपाल विद्यार्थी सङ्घले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई कारवाही गर्न माग गर्दै विरोध गरेको छ ।


नेविसं केन्द्रीय समितिले हिजो पन्तको हत्यारालाई कारवाही गरी पन्तका बाबुआमालाई न्याय दिन माग गर्दै प्रदर्शनीमार्गबाट पुतलीसडकसम्म ¥याली निकालेको हो । जुलुसका सहभागीहरुले सरकारविरुद्ध चर्को नारा लगाएका थिए । निर्मलाका हत्याराहरु पक्राउ नपर्दासम्म दबाबमूलक कार्यक्रम नरोकिने संघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष नैनसिंह महरले पन्तको हत्या भएको दुई महीना पुग्दासमेत सरकारले घटनाको दोषीलाई पत्ता लगाउन नसक्नु दुःखद् भएको बताउनुभयो । पीडितका परिवारलाई न्याय नदिएसम्म निरन्तर आन्दोलन गर्ने सङ्घले जनाएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.