‘बौद्ध–जोरपाटी सडक अझै किन बनेन ?’

लोकप्रिय समाचार/प्रतिनिधिसभाको हिजो बसेको बैठकमा बौद्ध–जोरपाटी सडकको खराब अवश्थाप्रति आवाज उठेको छ । संसद बैठकमा नेकपा सांसद एवं पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले यो विषयमा बोल्नुभएको हो ।

‘साउनको अन्तिमसाता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बौद्ध जोरपारी सडक अनुगमनमा जानुभएको थियो,’ सांसद तामाङले भन्नुभयो, ‘त्यसबेला भौतिक पूर्वाधार मन्त्री ज्युले भदौ १२ भित्रै सडक बनिसक्छ भनेर प्रतिबद्धता जनाउनु भएको थियो । तर, १२ गते नाघेर धेरै अगाडि आइसक्दा पनि सो सडक किन बनेको छैन ?’
सो सडकका साथै जोरपाटी साँखु सडकको समेत हालत खराब भएको छ । यो सडक मेलम्ची खानेपानी आयोजना जाने मुख्य सडकसमेत रहेकोले यसबारे उनले सरकारसँग जवाफ मागेका छन् । सो सडक अहिले फेरि हिलाम्ये र धुलाम्य रहेको छ ।
स्मरण रहोस्, बिमस्टेक सम्मेलनको सिलसिलामा पाहुनाहरुलाई सोही सडक खण्डमा पर्ने हयात होटलमा राख्नु पर्ने र गोकर्ण रिसोर्टमा रिट्रिट दिने उद्देश्यरले सो सडक तत्कालिन निर्माण पूरा गर्ने सरकारको सोच थियो । तर, सरकारले त्यो काममा असफल भएपछि बिमस्टेकका पाहुनालाई गोकर्ण फरेष्ट रिसोर्टको रिट्रिट भिजिट नै रद्ध गरिएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.