सूचनाको हक सम्बन्धी अभिमुखीकरण

जिल्लामा सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । यू एन वुमेनको सहयोगमा विपद्पछिको वैदेशिक रोजगारीमा सूचनाको हकको प्रयोगबारे मिडिया एड्भोकेसी गु्रप (म्याग)को आयोजनामा कार्यक्रम भएको हो ।

दुई दिनसम्म चलेको कार्यक्रममा पहिलो दिन जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारी, जनप्रतिनिधि तथा जिल्लामा रहेका दलका प्रतिनिधि उपस्थित थिए । त्यस्तै दोस्रो दिन नागरिक समाजका प्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो । कार्यक्रमलाई सहजीकरण गर्दै डा. राजेश अहिराजले सूचना माग गर्दा सर्वसाधारणलाई हुने फाइदाका बारेमा चर्चा गर्नुभयो । उहाँले सूचनाको हकको विकास तथा विस्तार, सूचना माग्ने तरिकादेखि ऐनमा उल्लेख भएका नीतिबारे प्रस्तुती गर्नुभएको थियो । त्यस्तै म्यागका प्रविण बस्नेतले हालसम्म जिल्लामा भएका प्रगति विवरणका साथै विकट गाउँका महिलाहरुलाई गरिएको अभिमुखीकरणबारे जानकारी दिनुभयो । म्यागले जिल्लाको साविक ठूलोपाखर, इचोक, हेलम्बु, सानोसिरुवारी, स्याउले चौतारालगायतका चार यस बढी महिलालाई सूचनाको हकबारे जानकारी दिलाई सूचना माग गर्न लगाएको थियो । बस्नेतले जिल्लामा सूचना माग गर्न महिलाहरु क्रियाशील रहेकाले अब सिन्धुपाल्चोकलाई देशकै सबैभन्दा धेरै सूचना माग हुने जिल्लाको रुपमा विकास गर्न आफूहरु लागिपरेको बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.