गणेशमान सिंहको स्मृति दिवसमा अन्तरक्रिया

गिरीराज कटुवाल/नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक क्षेत्र नं. २ ले लौह पुरुष गणेशमान सिंहको स्मृति दिवसको अवसरमा विद्यार्थी भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।


नेपाली कांग्रेस महासमिति सदस्य एवम् जिल्ला सचीव बिलबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त विद्यार्थी भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले जिल्लामा पछिल्लो समय नेपाल विद्यार्थी संघमा केही विवाद देखिएको र त्यसलाई तत्काल वार्ताको माध्यमबाट समाधान गरी जिल्ला अधिवेशनमा एक भएर होमिन सम्पुर्ण विद्यार्थी नेताहरूलाई आव्हान गर्नुभयो ।

विद्यार्थी भेलालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ जिल्ला सहसचिव रमेश थापाले नेपाल विद्यार्थी सिन्धुपाल्चोक अधिवेशन मुखी गतिविधि गरिरहेको बताउनुभयो ।

नेपाल विद्यार्थी संघको अधिवेशन नजिकिँदै गइरहेको छ । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले नेविसंघको जिल्ला अधिवेशनको मिति असोज २१ गतेलाई तोकेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.