स्ट्यान्डर्डको वार्षिक साधारणसभा सम्पन्न

एकराज श्रेष्ठ/लोकप्रिय समाचार- स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लिको आठौ बार्षिक साधारण सभा भुम्लु गाउँ पालिकाका उप प्रमुख कल्पना श्रेष्ठको  प्रमुख  आतिथ्यतामा  हिजो दोलालघाटमा सु सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी श्रेष्ठले यस क्षेत्रमा रहेका स–साना संस्थाहरुलाई सहकार्य गर्दै नयाँ र नौला कार्यक्रम लिएर आइ शेयर सदस्यहरुको जीवनस्तर उकास्ने किसिमका नीति तथा कार्यक्रमहरु ल्याउन अनुरोधका साथै अवस्था आवश्यकता अनुरुप  आवश्यक सहयोग गर्ने वचन बद्धता पनि गर्नु भएको थियो ।
सभाको सभाध्यक्षता गर्दै संस्थाका अध्यक्ष दावा लामाले स्वागत मन्तव्यका साथमा संस्थाका वार्षिक कार्यनीति तथा संस्थालाई आजको प्रगति पथमा ल्याउन संस्थाका सबै परिवारहरुको साथ र सहयोग पाएकोमा सन्तोष व्यक्त गर्नु भएको थियो । दोलालघाटमा अवस्थित विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता  रहेको सो कार्यक्रमलाई सचिव बेदेन्द्र गौतमले  संचालन गर्दै संस्था बिकासको निमित कार्य समिती परिवारबाट गरेका संघर्ष र संस्थाले  बर्ष भरि भए  गरेका  प्रगती  प्रतिवेनमा बारेमा  प्रस्तृत गर्नु भएको थियो ।
त्यसै गरि कोषाध्यक्ष मिलन श्रेष्ठले  संस्थाले रु १२,३४,३०,९७९।– निक्षप संकलन गरि  सोही अनुरुप बचत फिर्ता गर्नुको साथै रु ३,४१,२३०००।– लगानी गरेर  रु  ३५,१८,९१६।– खुद  नाफा  संस्थाले गरेको आर्थिक प्रतिवेदन पेश गर्नुको साथै शेयर सदस्य ज्युहरुलाइ गत बर्षको तुलनामा १ प्रतिशतबाट वृद्धि १६ प्रतिसत शेयर बाड्न सफल रहेको बारेमा प्रस्ट्याउदै आगामी बर्ष अझ वृद्धि गर्ने लक्ष्य रहेको बारेमा  प्रतिवेदनको क्रममा बताउनु भएको थियो ।
श्रेष्ठले सहकारी मान्यता अनुरुप बैकिङ प्रणालीमा संचालित संस्थाले व्यापारी कर्जा तथा हायर पर्चेज कर्जालाइ पहिलो प्राथामिकता दिइ अब्बल मुनाफा लिन सकेकोले संस्थाको बर्तमान स्थिती  सन्तोषजनक रहेको बारेमा बताउनु भयो । फोनको बिल भुक्तानी, रिचार्ज व्यवस्थाका साथै धेरैवटा मनि ट्रान्सफरको सुविधाहरुको ब्यवस्था गरी बैकहरुसँग नै प्रतिस्पर्धात्मक रुपमा रहेको  देखिन्छ ।
मनि ट्रान्सफरको कारोबार स्थानिय बैंकहरु भन्दा पनि अग्रस्थानमा रहेको यहाँका स्थानियहरु बताउँछन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.