हिंसा विरुद्ध संस्कृतिक कार्यक्रम


महिलाले अधिकार माग्ने मात्र होइन पाएको अधिकारको पनि संरक्षण गर्न पर्ने सरोकारवालाहरुले बताएका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका स्तरिय महिला सञ्जालले गरेको तीजको अवसरमा महिला हिंसा विरुद्धको गिती संस्कृती प्रतियोगिता कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
उहाँहरुले संस्कारलाई पनि बिस्तारै परिवर्तन गर्दै समयानुसार गर्नुपर्ने बताएका हुन् । शहिद स्मृति भवन चौतारामा गरिएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका उप प्रमुख  बालकुमारी सापकोटाले  महिलाहरुले अझै पनि हेपिनुपरेको देख्दा दुख लागेको बताउँदै आफ्नो अधिकार र स्वतान्त्रतालाई ख्यालमा राख्दै अगाडी बढ्न पर्ने बताउनुभयो । कार्यक्रममा बिषेश अतिथि सहायक प्रमुख जिल्ला अधिकारी  दुर्गा बञ्जाडेले आमाको नामबाट नागरिक्ता  लिनका लागि आग्रह गर्दै नागरिक्ता दिँदा पनि आमाको नामलाई  प्राथमिकतामा राखिएको बताउनुभयो ।
उहाँले संस्कारलाई समयानुकुल परिबर्तन गर्दै समाजमा मिल्ने र सामाजिक सदभाब राख्ने खालका कार्यक्रमहरु गर्न पर्ने बताउँनु भयो । अर्का बिषेश अतिथी चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले महिलाहरुलाई दिएको अधिकारको संरक्षण र कार्यन्वयनमा बढी जोड दिन पर्ने बताउनुभयो ।
उहाँले यस्ता प्रकारका संस्कार सस्ंकृतीलाइ समेत जगेर्ना गर्दै गरिएका संस्कृती कार्यक्रमलाइ नगरपालीकाबाट सहयोग गर्न पाउँदा आफुलाइ खुशी लागेको बताउँनु भयो ।
नगर उप प्रमुख जानुका पराजुलीले  महीलाहरुले गरिरहेको धर्म जो पानी समेत नखाइ ब्रत बस्ने चलन रहेको छ त्यसलाई बिस्तारै परिवर्तन गरी संस्कारलाई पनि समानुकुल बनाउँदै लैजान पर्ने बताउँनु भयो । त्यसै गरि अन्तरपाटी महीला सञ्जालको जिल्ला सदस्य शोभा उलकले कुनै पनी कार्यक्रमहरु गर्दा सबै खाले मानीसलाइ समेटेर गर्न पर्ने यो मेरो यो तेरो भन्न नहुने बताउँदै महीलाले पाएको अधिकार संरक्षण र थप अधिकारको लागी फेरी आन्दोलन गर्न पर्ने आबश्यकता भएको बताउँनु भयो  बिषेश अतिथी अन्तरपाटी महीला सञ्जालको पुर्ब अध्यक्ष महीला नेतृ अमृता नेपालले महीलाहरुमा अझै परिबर्तन नआएकाले यसका लागी   सबै एकजु्ट भएर परिबर्तनकारी भुमीकामा लाग्न पर्ने बताउँनु भयो ।
अर्का महीला नेतृ सिता थापाले सम्पुर्ण नगरबासीमहीलाहरु भेला भएर एकठाँउमा जमघट भइ यस्तो कार्यक्रम गर्ने वातावरण मिलाएकोमा नगरपालिकालाई बिषेश धन्यवाद दिनुभयो ।
एकल महिला सञ्जालका अध्यक्ष सुन्तली ढङ्गेलले  कुनै पनि महिलाहरुलाई हेप्न नहुने बताउँदै राज्यले धनी र हुने खानेलाइै मात्र काखी च्यापेको बताउँनु भयो । उहाँले सबैलाई समान व्यवहार गरेर देखाउँन समेत सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै नगर स्तरिय महिला सञ्जालकी कोषध्यक्ष रिना श्रेष्ठले नगरपालिकाको सहयोगमा गरिएको संस्कृती कार्यक्रमको बारेमा चर्चा गर्नु भएको थियो ।
महिला हिंसा बिरुद्ध संस्कृती प्रतियोगिता कार्यक्रममा नगरका १४ वटै वडाले भाग लिएको थियो भने प्रतियोगितामा वडा नं १० पहिलो वडान १२ दोश्रो र वडा नं ११ तेश्रो भएको थियो  सान्वनाको पुरस्कार भने वडा नं ३ ले पाएको थियो ।
महिला हिंसा बिरुद्ध गरिएको संस्कृती प्रतियोगिताको मुल्याङ्कन भने साँगाचोक श्रोत केन्द्रको श्रोत व्यक्ति खिकादेबी नेपाल पराजुली, अन्तरपाटी महिला सञ्जालको सचिब अम्बीका नेपाल र बृद्धा आश्रमको अध्यक्ष माया निरासीले गर्नु भएको थियो । संस्कृती कार्यक्रममा नगर कार्यपालीकाका सदस्य समेत रहनु भएका कलाकार सागर परियारले गाउँनु भएको गितमा प्रायः सबै  सहभागीहरुले नाचेर मनोरञ्जन गरेका थिए ।
कार्यक्रमको सञ्चालन गर्दै सञ्जालको सचिब तारादेबी रानाले महिलाहरुमाथी भएका हिसांको बिरोधमा यस कार्यक्रमले ठुलो सहयोग गरेको बताउँनु भयो । कार्यक्रमको समापन गर्दै सञ्जालको अध्यक्ष  मिना नेपालले हिंसा विरोधी कार्यक्रमलाई बिभिन्न प्रकारले  जनसमक्ष पु¥याउँनका लागि यो सांस्कृतिक कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रमको समापनमा पहिलो हुने गितको बोलसँगै प्रमुख अतिथि सापकोटा उपमेयर पराजुली लगाएत सबै अतिथी तथा आयोजक एबम सहभागीहरुले नाचेर कार्यक्रमको समापन गरेका थिए ।

,
Lokpriyasamachar@. Powered by Blogger.