पहिलो प्राथमिकतामा शिक्षा र विकास– तामाङ
शिक्षाको विकास भयो भने मात्र गाउँ र नगरको विकास हुने र गाउँ र नगरको विकास भएमात्र राष्ट्रको विकास हुने हुँदा पहिलो प्राथमिकतामा शिक्षा र विकास
लाई राखिएको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।
उँहाले शिक्षकहरु हात मुख जोड्नका लागी मात्र नभएर समाजमा शिक्षीत बर्गको उत्पादन गरेर देश बिकाशमा लाग्नका लागी यो पेशामा लागेको हुँदा यो पेशा पनि सामाजिक पेशा भएकोले सोही अनुसार गर्न पर्ने बताउँनु भयो ।
उहाँले शिक्षाविना कुनैपनि कार्य सफल नहुने भएकोले शिक्षालाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७ मा नगरपालिकाको सहयोगमा आयोजित शिक्षकलाई शिक्षा विकासका लागि गरिएको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै उक्त कुरा बताउनुभएको हो ।
प्रमुख तामाङले चौतारा साँगाचोकगढी नगरपालिकाको १४ वटा वडामध्ये ७ नं. वडा शिक्षा विकासमा अगाडि बढेको आफूले अनुभव गरेको र आगामी दिनमा शिक्षा सिकाईका लागि जिल्लाको १२ वटै पालिवmकाको केन्द्र बन्न सफल रहने विश्वास व्यक्त गर्नुभयो ।
मालिकादेवी सामुदायिक सिकाई केन्द्र मेलचौरको आयोजनामा वडा नं. ७ को आर्थिक सहयोगमा कक्षा ८ देखि १० सम्म सिकाई गर्ने मावि शिक्षकहरुलाई सिकाई प्रशिक्षण कार्यक्रममा बोल्दै तामाङले यस्तो बताउनुभएको हो ।

उहाँले ट्रेड युनियनले शिक्षकको सुविधामा गराइएको ध्यानाकर्षण अनुसार नगरपालिकाले सुविधा दिएको तर शिक्षकले पनीे गुणस्तरीय शिक्षाको लागि हर प्रयास गर्नुपर्ने बताउनुभयो ।
ज्ञानमन्दिर माविका प्रअ तुलसीप्रसाद दंगालले वर्तमान परिस्थितिमा स्थानीय शिक्षा सिकाई विकासका लागि नगरपालिकाका प्रमुख लगायत वडा अध्यक्षले खेलेको भूमिकाको विषयमा जति वर्णन गरेपनि नसकिने बताउँदै यस्ता शिक्षाप्रेमी अभिभावक भएको नगरपालिकामा हामी शिक्षक अभिभावक तथा विद्यार्थीहरु सबैले गुणस्तरीय शिक्षा सिकाईमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
मालिकादेवी सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पुण्यप्रसाद गजुरेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सिद्धिगणेश माविका अध्यक्ष राजकुमार यादवले गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन गर्ने क्रममा यादवले नगरपालिकाबाट शिशु कक्षाका सहयोगीलाई र नीजि शिक्षकलाई समेत नगरपालिकाबाट पाइ आएको सुविधामा विषेश थप सुविधा दिएकोले नगरपालिकाप्रति आभार समेत प्रकट गर्नुभयो । केन्द्रका अध्यक्ष गजुरेलले शिक्षा सिकाईलाई अझ बढी उपलब्धीमूलक बनाउनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालयका उपसचिव सुकदेव सापकोटा र शाखा अधिकृत हेमराज खतिवडाले सिद्धिगणेश माविको हलमा सोमबार र मंगलबार २ दिन मावि शिक्षकहरुलाई सिकाईका बारेमा प्रशिक्षण दिइरहनुभएको छ ।

उद्धघाटन समारोह पछी शिद्धीगणेश माबीको पुस्तकालय र कार्यलय कोठा तथा प्रयोगात्मक शिकाइ कोठाहरुको समेत अबलोकन गर्दै सहभागीहरुले जिल्लाकै नमुना बन्न लायक बिद्यालय भएकोमा वडाअध्यक्ष उमा दुलाल र प्रअ राजकुमार यादब लगाएत बिद्यालय परिबार लाइ बिषेश धन्यबाद दिएका थिए । कार्यक्रममा चौतारा क्याम्पसका स्ववियू सभापति मिलन लामाको समेत उपस्थिति रहेको थियो