स्थानीय श्रोत र साधनको मालीक स्थानीय नै हुने शेर बहादुर तामाङ्ग




नेत्रबहादुर बस्नेत, लोकप्रिय समचार  स्थानीय स्तरमा उत्पादन हुने बस्तुको मालीक स्थानीय नागरिक नै हुने , स्थानयि श्रोत र साधनको मालीक पनी स्थानीय नागरिक नै  हुनका लागी सथानीयहरुको पनी भुमिका रहन पर्ने पुर्ब मन्त्री माननिय शेर बहादुर तामाङ्गले बताउँनु भएको छ  ।
खाश गरि परम्परागत हिसाबले पनी बगरको मालीक भनेको स्थानीय माझी समुदाय भएकोले  स्थानीय बगरको  संरक्षण र सुरक्षाका लागी पनी स्थानीय माझी समुदाय अगाडी सर्न पर्ने  भएकाले पनी  डडुवाका माझी समुदाय आफै खटेर नमुना बस्ती निर्माण गरेको  आफुले महसुस गरेको बताउँदै  यसको स्थाइत्वका लागी  सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोकगढी नगरपालीका वडा नं १४मा निर्माण हुन लागेको एकीकृत माझी बस्तीमा भएको सर्बाजैनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथीका आशनबाट बोल्दै यस्तो बताउँनु भएको हो ।
श्वेता श्री फाउण्डेशनको बिशेष सकिृयतामा निर्माण हुन लागेको एकीकृत बस्ती निर्माणका बारेमा  भएको सार्बजैनिक सुनुवाइ कार्यक्रममा बोल्दै जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले सिन्धुपाल्चोक कै नमुनाका रुपमा अगाडी आउँने प्रयाुसमा रहेको फाउण्डेशनको यो अभियानमा ठुलो लगानी र मेहनत रहेको तर हामीले यसरी लगानी गरेकालाइ धन्यबाद तथा सम्मान बाहेक अरु केही दिन नसकेको बताउँदै  श्वेता को यो अभियानमा जिल्ला सम्मन्वय समितीले  सहयोग गरिरहेको र आगामी दिनमा पनी पुर्णरुपले सहयोग गरिरहने बताउँनु भयो ।
अर्का बिशेष अतिथी चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख  अमानसिंह तामाङ्गले  आफ्नो नगरपालीकामा यस्तो अभियान संञ्चालन गरेर वडा नं १४का माझी समुदायको लागी मात्र नभएर सिङ्गो नगरपालीकालाइ  गुन लगाएको  ह्ँदा श्वेतालाइ बिशेष धन्यबाद दिदै नगरलाइ सुन्दर बनाउने क्रममा  सहयोग गरेर नगरलाइ बहुमूल्य गहना दिएको बताउँनु भयो  ।
१४ नं वडाका वडाध्यक्ष  शेर बहादुर श्रेष्ठले यँहाको बस्ती जोखिममा रहेको बेला सहयोग गर्नका लागी फाउण्डेशनले शुरु गरेको अभियानकै क्रममा यसले निरन्तरता पाएर साँच्चीकै पर्यटन क्षेत्र निर्माणमा समेत बल पुगेको बतउँनु भयो । फाउण्डेशनका अध्यक्ष श्वेता खड्काले आफुले यो बस्ती माझी समुदायको मात्र नभएर आफ्नै बस्तीका रुपमा  हेरेको बताउँदै यस क्षेत्रमा प्रबेश गरेपछी हरेक प्रकारका तनाबहरु समेत कमी भएको महशुस भएको बताउँनु भयो ।
कार्यक्रमका बारेमा प्रकाश पार्दै भ्m्यँडी टोल सुधार समितीका अध्यक्ष दिनेश माझीले सबै कामहरु माझी समुदायले गरेको र श्वेता फाउण्डेशनले मार्ग निर्देशन र आबशयक सहयोग उपलबध गराएको बताउनु भयो  ।
कार्यक्रममा  फाउण्डेशनका कार्यकारी प्रमुख यज्ञ राज कार्कीले फाउण्डेशन निर्माण  गरेर काम गर्नका लागी लालबहादुर श्रेष्ठ, होमनाथ चौलागँइ , नेत्र बहादुर बस्नेत लगाएतको देन रहेको बताउँदै फाउण्डेशन निर्माण गर्दा देखी हाल सम्म भएका गतिबिधी तथा आम्दानी खर्चका बारेमा समेत जानकारी गराउँनु भएको थियो । उँहाले बैङ्कबाट पाउँन पर्ने   अनुदान रकममा ढिला  गरेको र कर्जा दिने  भनेर बैङ्कले कर्जा समेत दिनमा बिभिन्न बहना बनाएर ढिला गरेको कारण पनी एकिकृत बस्ती निर्माणमा केही ढिला भएका बताउँनु भयोे ।
झमलादेबी आधारभुत बिद्यालयको प्रङ्गणमा भएको कार्यक्रमको सञ्चालन  सोही बिद्यालयका प्रअ तथा  एकिकृत बस्ती अभियानकर्ता लाल बहादुर श्रेष्ठले गर्नु भएको थियो  ।
  भने स्वागत मन्तब्य  वडा सदस्य समेत रहनु भएका मिलन माझीले  राख्नु भएको थियो । 

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.