मेलम्चीमा नगर शिक्षा कार्यक्रम

लोकप्रिय समाचार/मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले शिक्षक तथा प्रधानाध्यापकहरुले गुणस्तरीय  शिक्षा प्रदान गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेर पनि त्यसको कार्यान्वयन नगरेकामा रोष प्रकट गर्नुभएको छ ।

नगर शिक्षा नीति तथा योजना निर्माण सम्बन्धि २ दिने गोष्ठिमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नगर प्रमुख अर्यालले कार्यान्वयन गर्न नसक्ने भए हस्ताक्षर नगर्नू भन्दा पनि हस्ताक्षर गर्ने तर अहिले कार्यान्वयन किन भएन भन्ने प्रश्न गर्नुभयो ।

नगरभित्र विद्यालय बाहिर र निरन्तर बिद्यार्थी नआउने समस्या रहेकाले यसलाई निराकरण गर्नेगरी शिक्षा योजना बनाउने बताउनुभयो । भावनात्मक नभई कामकाजी हुन उहाँले शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्देश्यबारे बताउँदै मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले विद्यालयहरुको तथ्याङ्क हालको अवस्था बुझेर निती तथा योजना बनाउने बताउनुभयो । त्यस्तै चाइल्ड नेपालका अध्यक्ष कृष्ण सुवेदीले शिक्षा क्षेत्रमा सहयोग गर्न पाएकामा खुसि ब्यक्त गर्नुभयो ।

चाइल्ड नेपालको सहजीकरणमा आजबाट सुरु भएको योजना गोष्ठिमा मेलम्ची नगरपालिकाभित्रका वडा अध्यक्ष, सदस्य , प्रधानाध्यपक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, स्रोत ब्यक्ति लगायत सरोकार वालाहरुको उपस्थिति रहेको छ । गोष्ठीको सहजीकरण शिक्षाविद् डा. बाबुराम ढुंगाना लगायतले गरिरहनुभएको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.