सञ्चारमा योगदान दिनेलाई क्यानको सम्मान

कम्प्युटर एशोशियन नेपाल महासंघको सातौं साधारण सभा एक समारोहको बिच सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा भएको साधारण सभामा जिल्लाका साहित्यकार अमित घिमिरेलाई विषेश सम्मान गरिएका थियो भने सञ्चार क्षेत्रमा बिषेश योगदान दिएको भन्दै लोकप्रिय समाचार दैनिकलाई पनि सम्मान गरिएको थियो ।



कार्यक्रममा क्यान महासंघले गरेका कामहरुको सबैले प्रशंशा गरेका थिए खासगरी क्यान महासंघ सिन्धुपाल्चोकले स्थानीय १२ पालिका मध्ये चौतारा साँगाचोकगढी नगरपालिकाका केही विद्यालय तथा केही गाँँउपालिकाहरुमा सूचना प्रविधिमा विषेश सहयोग गरेकोमा महासंघलाई ३ नं. प्रदेश अध्यक्ष प्रभात श्रेष्ठले २५ हजार सहयोग गर्नुभएको  छ । उहाँले साधारण सभाको समारोहमा चेक हस्तानन्तरण गर्नुभएको हो । 
क्यानका केन्द्रीय सहकोषाध्यक्ष शेखरप्रसाद दुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सदस्य प्रदिप सापकोटाले सहभागि तथा प्रमुख अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।
संस्थाका सचिव हरिषचन्द्र गौतमले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष दिपेन्द्र मास्केले संस्थाको आयव्यय तथा आर्थिक विवरण बारे प्रतिवेदन पेश गर्नुभएको थियो ।
सचिव तथा कोषाध्यक्षले पेश गर्नुभएको प्रतिवेदनहरु माथि छलफल गरी साधारण सभाले अनुमोदन गरेको थियो । कार्यक्रममा जिल्लामा रहेका अरु सञ्चारमाध्यमहरु तथा क्यानलाई प्रत्यक्ष सहयोग गर्ने संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष निर्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा नेपाल पत्रकार महासंघका उपसभापति ज्ञानेन्द्र तिमिल्सिना लगायत विषेश अथितिहरुले सम्मानितहरुलाई अबिर र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.