शारदाका भूपू विद्यार्थी पुनर्मिलन

काठमाडौंः श्री शारदा उमावि बाह्रविसे सिन्धुपाल्चोकका  एसएलसी २०६१ समुहका विद्यार्थीहरुले काठमाण्डौंको बसन्तपुरमा शनिबार पुनर्मिलन कार्यक्रम गरेका छन् ।
विद्यालयमा सँगै पढेका साथीहरुसँग भेट्नुको मज्जा छुट्टै भएको कुरा भद्रगोलकि चर्चित कलाकार रक्षा श्रेष्ठले जानकारी दिइन् ।
यस समुहले बार्षिक रुपमा आफ्नो विद्यालयका विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति उपलव्ध गराउँदै आएको कुरा समुहका सदस्य कला दाहालले जानकारी गराइन् । केहि दिन अगाडि पनि छात्रवृत्ति वितरणको कार्य गरेको समूहका अर्का सदस्य नविन श्रेष्ठले बताए ।
बसन्तपुरको भेलाले सन्तोष बोहराको अध्यक्षतामा ५ सदस्य कार्य समिति पनि गठन गरेको छ । जसको सदस्यहरुमा क्रमशः नविन श्रेष्ठ, ज्योति विश्वास, रमेश खड्का, एकित श्रेष्ठ रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष सन्तोष बोहराले भने– हामीले कोषलाई बढाउनुका साथै अघिल्लो कार्यक्रमलाई निरन्तरता दिँदै, आपतमा परेका साथीहरुको परिवारलाई समेत सहयोग गर्ने यस वर्षको कार्यक्रम रहेको छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.