हेलम्बुमा वक्तृत्वकला सम्पन्न

लोकप्रियसमचार
दिपीन ढुङ्गना
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले  बक्तृत्वकला कार्यक्रम गरेको छ । पालीकाले स्वास्थ्य सेवामा सबैको पहुँचका लागी शन्देश जाओस भन्नका लागी “सुखी र खुसी परिवारको लागि परिवार नियोजनको भुमिका“ विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न  गरेको हो  । पालकिा भित्र रहेका “किशोर किशोरिको सहभागितामा परिवार नियोजन सेवाको सुनिस्चितता“ भन्ने नारा सहित परिवार नियोजन दिवस मनाउने क्रममा सो प्रतियोगिता गरिएको स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले जानकारी दिनुभयो ।  हेलम्बु गाउँपालिका स्तरिय आमा समुहहरुको बीचमा भएको सो प्रतियोगितामा हेलम्बु ५ की तारादेवी तामाङ पहिलो, हेलम्बु ७ की रीता पण्डित दोश्रो र हेलम्बु ६ की शर्मिला गुरागाईँ तेस्रो हुनुभएको थियो ।  भने हेलम्बु १ की रोशनी लामाले सान्त्वना स्थान  पाउनुभएको थियो ।

कार्यक्रममा परिवार नियोजन सेवा दिने उत्कृष्ट सेवा दिने हेलम्बु स्वास्थ्यचौकी र प्रतियोगीतामा पहिलो दोश्रो र तेश्रो तथा सान्त्वोना हुनेलाइ पुरस्कार दिदै गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले  पालीकाका कुनै पनी नागरिक ले स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस भनेर स्वास्थ्य सम्बन्धी बिभिन्न कार्यक्रम गरिरहेको बताउँनु भयो उँहाले सबैलाइ प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.