मेलम्ची नपाभित्रको बालुवा निकासी खुल्ला

सागर खड्का/लोकप्रिय समाचार-
मेलम्ची नगरपालिकाले नगरपालिका भित्रको इन्द्रावती, मेलम्ची र सिन्धुखोला नदि क्षेत्रमा हाते औजार प्रयोग गरी संकलन गरीएको बालुवा निकासी गर्न खुल्ला गरेको छ ।
यसरी संकलन गरीएको बालुवा ट्रक वा ट्रिपरद्धारा निकासी गर्दा मेलम्ची नगरपालिकाको कार्यालय वा सम्बन्धित राजश्व संकलन केन्द्रमा नियमानुसारको राजश्व तिरेर मात्र बालुवा ओसार पसार गर्नको लागि नगरपालिकाले सुचना जारी गरेको छ ।
राजश्व नतिरी बालुवा निकासी गरेको पाइएमा थप दण्ड जरीवाना र आवश्यक कारवाहि गरीने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी प्रसाद थपलियाले जानकारी दिनुभयो । जिल्लाको इन्द्रावती गाउँपालिकाले भने अर्कों व्यवस्था नभए सम्म आफ्नो नदी क्षेत्र भित्र कुनै प्रकार को मेसिंनरी औजÞार प्रयोग गरी नदी जन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाएको छ ।
गाउँपालिकाको निर्णयलाई बेवास्ता गरी नियम उल्लघन गरेको पाइएमा कÞानुन बमोजिम कारबाहि गरिने इन्द्रावती गाउँपालिकाले जनाएको छ । असोज १ गते बसेको जिल्ला समन्वय समिति एवम् नदिजन्य पदार्थको अनुगमन समितिले ५ गतेबाट नदि जन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो ।
बैठकले प्रारम्भिक वातावरणिय परीक्षण (आईई) भईसकेका र ठेक्का प्रक्रीया पुरा भएका नगर र गाँउपालिकाको हकमा ठेकेदार मार्फत नदि जन्य पदार्थ निकाल्न दिने निर्णय गरेको थियो । नदिजन्य पदार्थको अनुगमन समितिले असार, साउन र भदौ गरी तीन महिनासम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.