नाका खोल्न गृहमन्त्रालय र चीन सरकारबीच छलफल
२०७२ को भूकम्प पछि बन्द रहेको तातोपानी नाका खोल्नको लागि विभिन्न चरणमा वार्ता र छलफलहरु भइरहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडे, जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरिक्षक (डिएसपी) विमलराज कँडेल, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा लगायतले गृहमन्त्रालयको टोली र चीन सरकारका प्रतिनिधिहरुलाई स्वागत गर्नुभएको जिल्ला समन्वय समिति सचिवालयका कृष्ण ढकालले जानकारी दिनुभयो ।