कम्प्युटर एशोशियन नेपाल (क्यान) महासंघको सातौं साधारण सभामा प्रदेश नं तिनका अध्यक्ष प्रभात श्रेष्ठले राख्नुभएको मन्तव्य

नेपाल प्रविधिमा धेरै पछाडि छ, त्यसैले देश पनि पछाडि छ । अमेरिका, जापान, चीन र बेलायत प्रविधिमा अब्बल राष्ट्र हुन् । त्यसैले उनीहरू विकसित र शक्तिशाली मुलुकको सूचीमा सबैभन्दा अगाडि छन् । गाँस, वास र कपासमात्र हैन, अब प्रविधि पनि मान्छेको आधारभूत आवश्यकता बनिसकेको छ । अब प्रविधिबिना न घर बन्छ, न घरमा खाना बन्छ । मतलब, अब मान्छेका आधारभूत आवश्यकताहरू गाँस, वास र कपास पाउन पनि प्रविधिकै भर पर्नु पर्छ । त्यसैले आधारभूत आवश्यकताको सूचीमा प्रविधिलाई पहिलो स्थानमा राख्नुपर्ने समय आइसकेको छ ।

निर्यात ४८ अर्ब । आयात ६६२ अर्ब । यो नेपालको २०७४ को आयात–निर्यात तथ्याङ्क हो । अझ ब्ल्याकमार्केटबाट आयात गरिने सामानहरू राष्ट्र बैंकले यो तथ्याङ्कमा समावेश गरेको हुँदैन । हाम्रो देश त्यसै पछि परेको हैन । चम्चादेखि चामलसम्म सबै आयात गर्छौं । केबलदेखि कम्प्युटरसम्म सबै आयात गर्छौं । विकासको जग अर्थतन्त्र हो, अनि अर्थतन्त्र मजबुत बनाउन आयात घटाउनै पर्छ, निर्यात बढाउनै पर्छ ।

देश विकासको पहिलो सूत्र हो –आत्मनिर्भरता । र, आत्मनिर्भरताको सूत्र –प्रविधि । सकेसम्म हामीले इम्पोर्ट कम गर्नुपर्छ र एक्स्पोर्ट बढाउनैपर्छ । तर, हामी मोबाइलको एउटा प्लास्टिक कभरका लागि समेत परनिर्भर छौं । सबै चाइनाबाट इम्पोर्ट गर्छौं । प्रयोग गरेका थर्मोप्लास्टिकहरू सबै जलाएर नष्ट गर्छौं अथवा कुनै खोलामा बगाइदिन्छौं । मोबाइलको कभर त्यही थर्मोप्लास्टिकको बन्छ । एउटा कभरलाई हामी २÷३ सयदेखि हजारौं तिर्छौं ।

महाबौद्धको एउटा मोबाइल कभर होलसेल पसलमा सोधेको थिएँ, महिनामा कति व्यापार हुन्छ ? उहाँले करिब १ करोड भन्नुभयो । कभरमात्र एक करोड । म दंग परें । यस्ता पसलहरु काठमाडौंमा धेरै छन् । सिन्धुपाल्चोकमा पनि धेरै छन् । हामीले खेर फालेको एक किलो प्लास्टिकबाट करिब ६०÷७० वटासम्म कभर बन्ने रहेछ । जसको मूल्य १४÷१५ हजार पर्छ । तर, एक किलो प्लास्टिकको बजार मूल्य जम्मा २०० मात्र छ ।

मतलब हामीले त्यही २०० रुपियाँ किलो पर्ने प्लास्टिक फोहोर सम्झेर फालिरहेका छौं । तर, त्यही २०० रुपियाँ बराबरको प्लास्टिकको कभर किन्न १५ हजार बाहिर पठाइरहेका छौं । यस्ता वेस्टेज पदार्थहरूको प्रविधिमार्फत भरपूर उपयोग गर्न सके बाहिरी परनिर्भरता कम हुन्थ्यो भने सबै सामान आयात गर्नुपर्ने अवस्था पनि हुँदैन थियो । नेपालको अर्थतन्त्र केही भए पनि बलियो हुन्थ्यो ।

म क्यान महासंघ सिन्धुपाल्चोकको अध्यक्ष हुँदा प्रविधिबाट के सम्भव छैन भनेर जलवीरेमा ‘हात नहुनलाई हात’ नामक एउटा क्याम्पको आयोजना गरेका थियौं । क्याम्पमा थ्रीडी प्रिन्टरको सहायताबाट हात प्रिन्ट गरेर हात नहुनेहरूलाई निःशुल्क हात फिट गरिदिएका थियौं । प्राकृतिक हातजस्तो सबै काम गर्न नमिले पनि यो हातले सामानहरू समातेर यताउति सार्न सकिन्छ । सो क्याम्पबाट दुर्घटनामा परेर वा सशस्त्र द्वन्द्व र भूकम्पमा परेर हात गुमाएकाहरूले हात पाए ।
यो प्रविधिबाट मात्र सम्भव भएको हो । थ्रीडी प्रिन्टरका लागि प्रिन्ट गर्न प्लास्टिकको डोरीकोे रोल आउँदो रहेछ । यो एक रोलको दशौ हजार पर्दो रहेछ । तौल करिब १ किलो । हामीले फाल्ने २०० रुपियाँको प्लास्टिकबाट दशौं हजार पर्ने थ्रीडी प्रिन्टरको यस्तो रोल बन्दो रहेछ र ३ जनासम्मका लागि यस्तो हात निर्माण हुँदो रहेछ । तसर्थ यस्ता कच्चा पदार्थहरूलाई फाल्ने, जलाउने, नष्ट गर्ने हैन प्रविधिमार्फत सदुपयोग गर्न अति आवश्यक छ । यस्ता धेरै कुराहरुमा इम्पोर्ट घटाएर हामी आत्मनिर्भर हुनै पर्छ । र, प्रविधिबिना आत्मनिर्भरता सम्भव छैन ।

नेपाल पहिले आत्मनिर्भर थियो । त्यसैले कसैसँग झुक्न पर्दैन थियो । देशलाई चाहिने खाद्यान्न यही ंउत्पादन हुन्थ्यो । तर, आजकल खेतहरू सबै बाँभैm हुन्छन् । ठूला–ठूला संरचना बनाउन बाहिरबाट ठूला–ठूला मेसिन मगाउन पर्दैन थियो, नेपालीका पाखुरी काफी थिए । त्यो बेला आयात शून्यजस्तै थियो । त्यसैले संसारमा हाम्रो छुट्टै शान थियो । तर, समय बदलिए अनुसार नेपालले आपूmलाई बदल्न सकेन । समय अनुसार आप्mनो लागि आपैmले उत्पादन गर्न सकेन । त्यसैले भारतले २ दिन नाकाबन्दी ग¥यो भने नेपालमा हाहाकार मच्चिन्छ । केही साधन चल्दैन । भोकमरी चल्छ । हाम्रो आप्mनै देशमा बाँच्न पनि हामीलाई भारतले सघाउनुपर्छ । भारतले बाटो बन्द गरे हाम्रो जीवन नै बन्द हुन्छ । के यो सही हो ? त्यसैले विकासका लागि ÷ बाँच्नका लागि आप्mनो गाउँ–ठाउँ आत्मनिर्भर बनाउनैपर्छ, परनिर्भरतालाई परपर सार्नैपर्छ ।

खेर गएका सामग्रीरुको पनि प्रविधिमार्फत भरपूर सदुपयोग गर्न स्थानीय निकायसँग समन्वय गरी केही उदाहरणीय कार्यहरु अगाडि बढाउन क्यान सिन्धुपाल्चोक सक्रिय रहोस् । यस्ता कार्यहरूमा प्रदेश कमिटीे सधैं साथ–साथ हुनेछ ।

नेपालमा पेपरलेसको कुरा भर्खर निस्कँदैछ । तर, नर्वे भन्ने देश सन् २०२० भित्र अब मनीलेस हुँदैछ । मतलब अब त्यहाँ छापिएको भौतिक नोट प्रयोगमा आउँदैन । सबै कारोबार अनलाइन वा क्रेडिट कार्डबाट हुन्छ । यस्तो हुँदा न चोरीको डर, न ठगीको डर । न नोट हराउने डर । त्यहाँका स्मार्ट सिटीहरू पनि युरोपभरिकै उत्कृष्ट छ । विश्वकै नमूना बनेको छ । विश्व मनीलेस बन्दैछ, हाम्रो देश अभैm पेपरलेस बनाउन पनि विवाद गरिरहेका छौं ।
गर्न बाँकी धेरै छन् । गर्न चाहे गर्न सक्नेहरू पनि धेरै छन् । आवश्यकता इच्छाशक्तिको हो । त्यसैले आउनुहोस्, हामी सबै मिलेर देशका हरेक क्षेत्रलाई स्मार्ट बनाऔं । कृषि र शिक्षालाई मात्र हैन गाउँ–गाउँका चुल्होलाई पनि स्मार्ट बनाऔं । आपूm पनि स्मार्ट बनौं, देशलाई पनि स्मार्ट बनाऔं ।

हरेक संस्था चल्न राम्रो टिम चाहिन्छ । राम्रो टिमका साथै अर्थ पनि महत्वपूर्ण पाटो हो । हामीले सिन्धुपाल्चोकमा क्यान स्थापना गर्ने बेला आप्mना पकेटबाटै खर्चेर कार्यक्रमहरु गथ्र्यौं । र, पकेटमै कार्यालय हुन्थ्यो । कार्यालय कोठा थिएन । अरु आयस्रोत केही थिएन । समय अहिले धेरै बदलिएको छ । सहयोगी हातहरु अहिले धेरै बढेको छ । तर, अभैm पनि क्यान महासंघ सिन्धुपाल्चोक आर्थिक अभावले गुज्रिरहेको हामी सबैलाई थाहा छ । क्यान महासंघ सिन्धुपाल्चोकको आर्थिक पक्षमा एउटा खुड्किलो थप्न मेरो तर्फबाट आज रु. २५,००० सहयोगको घोषणा गर्छु । र, यो चेक लिइदिनुहुन जिल्ला अध्यक्ष निर्जन श्रेष्ठलाई अनुरोध गर्दछु ।

यो कार्यक्रममा बोलाउनुभो, यसका लागि क्यान महासंघ सिन्धुपाल्चोक टिमलाई हार्दिक धन्यवाद । यो वार्षिक साधारणसभा सफलताको कामना गर्छु । धन्यवाद ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.