प्रतिनिधि सभा बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले प्रस्तुत गर्नुभएको विचार

निर्मला पन्त हत्याकाण्ड को सम्बन्धमा जनताले आवाज उठाउँदा — देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तिले आरिङगाल बनेर आक्रमण गर्ने आदेश दिनु कुन राजनीतिक चरित्र र प्रजातान्त्रीक संस्कार हो ? आज देशका जनता असुरक्षीत महसुस गरेका छन् ।

सरकार बनेको ६ महिना नाघी सकेको छ , जनता महङ्गी र करको मारमा परेका छन्, जनताको आमदानी घटी राखेको छ, यस अवस्थामा जनतालाई राहात दिनको लागि, सरकारले योजनाहरु तयार गर्ने कि भाषणबाट नै महङ्गी र कर घट्छ जस्तो गरि भाषणमा समय बिताउने ?

वातावरण परिवर्तन र प्रदुषण, विषाद्यी खाद्य पदार्थका कारणले नेपाली जनतालाई क्यान्सर, किड्नी, मुटु, पाठेघर सम्बन्धी जस्ता रोगबृद्धि भएका छन् । जसको कारण जनताले आफै औषधी खर्च जुटाउन सकिरहेको छैन । त्यसको लागि जनतालाई विशेष व्यवस्थाको लागि जेन्रीक औषधी व्यवस्था गर्न छोडी ठेकेदारका घर घरमा पौष्ठीक आहार युक्त खाना खोज्दै हिड्नु उच्च पदस्थ व्यक्तिहरुलाई सुहाउने कुरा हो ?

देशमा भ्रष्टाचार विगतमा भन्दा धैरै बृद्धि भैरहेको छ । क्षमता विहिन ठेकेदारलाई लेनदेनको आधारमा ठेक्कापटा दिदा देशको विकासको क्रम नै रोकिएको छ । त्यसको अन्तिम नमुना पप्पु कन्सट्रक्सन हो भने देशमा काम सुरु गरिएका सडक र पुलहरु काम सुरु गरेर अलपत्र परेका छन् जसले गर्दा अरबौ खरबौ सम्पतिको दुरुपयोग भईरहेको छ । अर्काे तीर ३३ किलो सुन काण्डको विमोचनमा केही व्यक्तिहरु थुनिन्छन र ठुला व्यक्ति र सुन भेटिदैन । नेपाल वायुसेवा निगम को वाईड वडि विमान खरिदमा देशको अरबौ भ्रष्टचार भएको छ । प्लेन ग्राउण्डेड छ यी सबै भ्रष्टहरुलाई कार्यावाही गर्न छोडेर प्रधानमन्त्री ज्यूले भ्रष्टचार कहाँ भएको छ ? कहाँ लुकेको छ भन्ने प्रश्न गर्नु हुन्छ ? तर भ्रष्टचार सिहंदरवारको कुर्सि र वालुवाटारको कोठाबाट संरक्षित छ ।

देशमा हत्या हिंसा बढिरहेको छ । साना केटाकेटी देखि बृद्ध सम्म सुरक्षित महसुुस गरिराखेको छैनन् । त्यसै क्रममा सरकार देखि संरक्षित सरकारका व्यक्तिहरुले रोल्पामा नेपाल तरुणदलका सभापति रोहित पुनको गोली हानी हत्या गरेका छन् यो अत्यन्तै दुःखद् पक्ष हो ।  भने सरकारले गरेका गलत क्रियाकलापलाई जनतासामु उजागर गर्ने संचार माध्यमका व्यक्तिहरुलाई र जनताको औषधि गर्ने डाक्टरहरु प्रति सरकार निर्लज्ज दमनमा उत्रिएको छ । जनताले प्रश्न गर्न थालेका छन् सरकार हत्या हिंसा, बलात्कारको संरक्षकको हो ? र अथाहा सम्पति कमाउनका निम्नी भ्रष्टचारीको बुई हो ?

Lokpriyasamachar@. Powered by Blogger.