दुवाचौरमा बादविवाद कार्यक्रम

विपिन ढुङ्गाना/ राष्ट्रिय बाल दिबसको अबसरमा मेलम्ची नगरपालिका ७ दुवाचौरमा माध्यामिक बिद्यालयको सदन अनुसार बादबिबाद प्रतियोगिता सम्पन्न भएको छ ।

आधुनिक तरीकाले भन्दा परम्परागत तरीकाले तिज मान्नु बेश भन्ने बिषयमा पक्ष बिपक्षमा बादबिबाद भएको थियो । साथैै कार्यक्रममा बिद्यार्थिहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।त्यस्तै वडा स्तरीय  आधारभुत तहका  बिद्यार्थिहरुले स्मरण खेल,  सामुहिक नृत्य, चम्चा दौड, म्युजिकल चियर प्रस्तुत गरेका थिए  । कार्यक्रम वडा स्तरीय बालक्लबको आयोजना तथा टुकि सँघ सुनकोशि र मेलम्ची नगरपालिका वडा नम्बर ७ को सहयोगमा सम्पन्न भएको वडा नम्बर ७ का वडा अध्यक्ष ज्ञानेन्द« श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा ८ बिदाका गरी  पहिलो दोस्रो र तेस्रो भएका ५२ जना बिद्यार्थिलाइ मेलम्ची नगरपालिका वडा नम्बर ७ ले बिद्यायलको पोषाक बितरण गरेको थियो भने टुकि सँघ सुनकोशिले शैक्षिक सामाग्रि बितरण गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रम वडा स्तरीय बाल क्लबका अध्यक्ष पुस्कर सुवेदिको सभापतिमा सम्पन्न भएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.