निजामति सेवा दिवसमा विभिन्न कार्यक्रम

सन्तोष भण्डारी - ‘सेवामैत्री प्रशासन, संघीयतामा सुशासन’ भन्ने मूलनाराका साथ १५ औं निजामति सेवा दिवस निजामति कर्मचारीले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
यसै अवसरमा कर्मचारी मिलन केन्द्र सिन्धुपाल्चोकले २५ वर्षभन्दा बढी कार्यालयमा रहि काम गर्ने निजामति सेवाका राष्ट्रसेवक कर्मचारीहरुलाई सम्मान गरेको छ ।
शुक्रबार जिल्लाको सहिद स्मृति भवनमा कर्मचारी मिलन केन्द्रका अध्यक्ष लक्ष्मी निरौला, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, चौतारा साँगचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ लगायतबाट विभिन्न कार्यालयका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । 

कर्मचारी मिलन केन्द्रले यसअघि पनि दिवसकै अवसर पारेर  विभिन्न कार्यहरु गर्र्दै आएको थियो । यसअघि चौतारा साँगाचोकगढी नगरपालिका स्थित वृद्धाश्रममा वृद्धवृद्धालाई भोजन कार्यक्रम, नगर सरसफाई कार्यक्रम र जिल्ला अस्पतालका विरामीहरुलाई खाना तथा फलफूलको व्यवस्था गर्ने लगायतका कार्यक्रम गरेको मिलन केन्द्रको अध्यक्ष निरौलाले बताउनुभयो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले २५ वर्षको दौरानमा इमान्दारिता पूर्वक काम गर्ने कर्मचारीहरुलाई धन्यवाद दिँदै जिल्लालाई समृद्ध नगर बनाउन आ–आफ्नो क्षेत्रबाट सबैले साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष ज्ञानेन्द्र तिमिल्सिनाले आफ्नो शुभकामना राख्दै अहोरात्र खटिनुभई जिल्लालाई सेवा प्रदान गर्नुहुने सबै कर्मचारीलाई धन्यवाद दिँदै सम्मानित हुनुभएका कर्मचारीहरुलाई बधाई दिनुभएको छ ।
कार्यक्रममा जिल्ला न्यायधिस टिकाराम अधिकारी, प्रहरी उपरिक्षक मुकुन्द मरासिनी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद बस्याल लगायत विभिन्न कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
२०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.