वडाध्यक्ष काफ्लेको उदाहरणीय काम

तामाकोशी गाउँपालिका वडा नं १ का वडाध्यक्ष महेश कफ्लेले आफ्नो तलब भत्ता बापत पाएको रकमले अति विपन्न १२ जनाको लागि ५ हजारका दरले शेयर किनिदिनुभएको छ । काफ्लेले अति विपन्न समुदायको लागि आफूले सदैब सहयोग गरेको बताउनुभएको छ । गत स्थानीय निर्वाचनमा कम उमेरमा नै वडाध्यक्षमा निर्वाचित काफ्लेले नमूना वडा बनाउने अभियान स्वरूप अन्य प्रतिनिधि भन्दा फरक र प्रगतिशिल काम गर्दै आएको बताउनुभएको छ । काफ्लेले भन्नुभयो– वडाको विकाससँगै जनताको विकास प्रति पनि धेरै संबेदनशिल छु, त्यसकारण रात दिन मेहनत गर्दैछु ।’ ‘जुन जनताले विश्वास गरेर मलाई वडा अध्यक्ष बनाउनुभयो । उहाँहरुका लागि मैले केही गर्नुपर्छ भनेरै अति विपन्न परिवारलाई सहयोग पुगोस् भनेर सेयर खरिद गरिदिएको हुँ,’ अध्यक्ष काफ्लेले भन्नुभयो, ‘मैले सकेको र क्षमताले भ्याएको सहयोग मेरा वडावासी र गाउँका दाजुभाई दिदिबहिनीका लागि अझै गर्दै जानेछु ।’ नेपाली कांग्रेसको तर्फबाट निर्वाचित काफ्ले दोलखा जिल्लाकै कान्छो जनप्रतिनिधि हुनुनुन्छ ।

,
Lokpriyasamachar@. Powered by Blogger.