असिने रानीटार चुनखानी सडक निर्माणमा शेर्पाको सहयोग


लामो समय देखी समस्यामा रहेको  सिन्धुपाल्चोक जिल्ला चौतारा सँँगाचोक गढी नगरपालीका वडा नं १४ स्थित  रानीटार देखी असिने हुँदै चुनखानी जाने बाटो  चौडाइ गर्नुका साथै  समस्याकारुपमा रहेको सडकको समस्या समधान हुने भएको छ ।

वडाध्यक्ष शेर बहादुर श्रेष्ठको पहलमा  भएको उक्त सडक निर्माणको लागी स्थानीय समाज सेबी तथा शिक्षक लालबहादुर श्रेष्ठले सहजीकरण गर्नु भएको छ । स्थानीय  उमेश श्रेष्ठको सक्रियतामा सडक निर्माण कार्य भइरहेको छ ।
यो सडकको निर्माण पछी इन्द्रावती नदीबाट सिधै डडुवा, ठुलो सिरुवारी लगाएत चौतारा आसपासमा  टिपर मार्पmत नदी जन्य सामाग्री ओसार पसार गर्न सहज हुने भएको छ । मध्य पहाडी लोकमार्ग  निर्माण गर्न जिम्मा पाएको शेर्पा कण्डकशन प्राली गोल्डेनगुटले निशुल्क उक्त सडक निर्माणमा सहयोग गरिरहेको छ ।  प्रालीका  बरिष्ठ इन्जीनियर  परशुराम चौधरीका अनुसार स्थानीय वडा अध्यक्षको आग्रहमा  प्रालीले सडक निर्माणमा सहयोग गरेको बताउँदै यो सडकको चौडाइ निर्माण गरिदिदा स्थानीय क्षेत्रका बासिन्दालाइ  सहज हुने भएकोले सहजताका लागी पनी प्रालीले सहयोग गरेको हो ।
यसरी समस्यामा रहेको सडकलाइ सहज गरेर सडक खोल्न र चौडाइमा सहयोग गरेकोमा चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमानसिंह तामाङ्गले  प्रालीलाइ धन्यबाद समेत दिनु भएको छ ।

Lokpriyasamachar@. Powered by Blogger.