नगर सुधार समितीको चौथो सधरण सभा सम्पन्न


सभाबाट पुनह नेत्र  बस्नेत निर्बाचीत
नगरका सबै नागरिकहरु आफ्नो लागी सबै बराबर रहेको र सबैलाइ समानरुपले ब्यबहार गरिरहेका  चौतारा साँगाचोक गढी नगरपालीका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भएको छ ।


उँहाले नगर सुधार समितीको चौथो साधरण सभा तथा कार्यकर्ता भेलाको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उँहाले  सिन्धुपाल्चोकमा नगरपालीकाको अबधारणा  आए पछी सोही  अनुसार नेत्र बहादुर बस्नेत को अध्यक्षतामा  समितीको पनी निर्माण भएको र  समितीले नगर बिकाशमा ठुलो योगदान गरेका चर्चा गर्दै नगर सुधारका लागी गरेको अभियानको खुलेर प्रशंशा गर्नु पर्ने बताउँनु भयो । शुरुमा फोहोर मैला ब्यबस्थापनका लागी ठुलो समस्या परेको बेलामा समाज सेबी तथा नेकपाका नेता नेत्र प्रसाद दङ्गालले नगर सुधार समिती मार्पmत आफ्नो निजी जग्गा दिएर फोहोर ब्यबस्थापन गर्न सहयोग गरेकोमा ठुलो गुण लागेको बताउँनु भयो । उँहाले नगर सुधार समितीको सल्लाह र सुझाब अनुसार आफुले काम गरेको र आगामी दिनहरुमा पनी समितीको सुझाबको आबश्यकता रहेको बताउँनु भयो ।
चौतारा साँगाचोक गढी नगरपालीका बातबरण  तथा सरसफाइ बिभागका संयोजक तथा १४ नंम्बर  वडा अध्यक्ष शेर बहादुर श्रेष्ठले बिशेष अतिथीका आशनबाट बोल्दै  नगरको सरसफाइका लागी नेत्र बहादुर बस्नेतले अगाडी सारेको अभियान अन्तरगत नगर सुधार समितीले  फोहोर ब्यबस्थापन गर्न सक्रियता देखाएकै कारण फोहोर ब्यबस्थापनको लागी केही सहजता भएको  र आगामी दिनमा यसलाइ सबै वडामा बिस्तार गरेर सरसफाइ अभियान लाइ निरन्तरता दिन  अनुरोध गर्दै नगर सुधार समितीले फोहोर ब्यबस्थापनको अभियान शुरु गरे पछी  नेता नेत्र दङ्गालले जग्गा उपलब्ध गराउँनु भएकोमा   दङ्गाल परिबार प्रती आभार समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रममा आफनो मन्तब्य राख्दै समाज सेवी नेत्र प्रसाद दङ्गालले  नगर सुधार समिती ले माग गरेको हुदा  आफुले पनी  सहज रुपमा जग्गा उपलब्ध गराएको बताउँनु भयो ।
चौतारा साँगाचोक गढी नगर पालीका सचिबालयका  मिलन लामाले बिगतका दिनहरुमा  नगरपालीकाले गरेका कामहरुलाइ सहजी गर्दै आएको  यस नगर सुधार समिती लाइ आगमी दिनमा पनी नगरबासीका कार्य हरुलाइ अगाडी बढाउँन सहयोग गर्ने बताउँनु भयो ।
कार्यक्रमको सभापतित्व गरिरहनु भएका नगर सुधार समिती अध्यक्ष नेत्र बहादुर बस्नेत ले नगर सुधार समितीको अबधारणा ल्याएर काम गर्न सहजता गर्नमा कृष्ण बहादुर ठकुरी र नेत्र दङ्गाल लगाएतले बिशेष सहयोग गरेको बताउँदै नगर समितीको बिधान अनुसार नयाँ कार्य समितीको चयन गर्न भेलामा नगर समिती बिघटन गर्नु भएको थियो ।  बिघटन पछी शेर बहादुर श्रेष्ठको  स सभापतीतवमा भएको  भेलाले  नयाँ कार्य समितीको समेत चयन गरेको छ ।
नेत्रबहादुर बस्नेत को अध्यक्षतामा   निर्बाचित भएको समितीको उपाध्यक्षमा  भिम बहादुर घले सचिब कृष्ण बहादुर ठकुरी  सहसचिब चन्द्र बहादुर घले  कोषाध्यक्ष हिमाल श्री सिल्वाल सापकोटा र सदस्यहरुमा  रामशरण गौतम  कमला गिरी  शान्त घले मायाँ बिकरहेको कार्य समिती चयन गरेको हो ।

यसै अनुरुप नगर सरसफाइ तथा मज्दुर ब्यबस्थापानका लागी एक उप समिती समेत गठन गरिएको छ जसमा  कुृष्ण बहादुर ठकुरी अध्यक्ष लाका तामाङ्ग उपाध्यष मानबहादुर तामाङ्ग सचिब  कमल भुजेल सहसचिब  पदम बहादुर बुढोथोकी कोषाध्यक्ष  बेदकाज िश्रेष्ठ सहकोषाध्यक्ष  सदस्यहरुमा डम्बर बहादुर घले  लक्ष्मण श्रेष्ठ कटक बहादुर घले  रोषन राउत गोपाल श्रेष्ठ सोम्पाल तामाङ्ग अमृत श्रेष्ठ दिल बहादुर बिश्वकर्मा मायाँ बिक  केदार बहादुर घले दुर्गा श्रीपाली रहेको समिती गठन भएको र त्यस उपसमितीले नगर सरसफाइमा काम गर्ने बिभिन्न ब्यक्तीहरुको ब्यबस्थापन  तथा नगरपालकिालाइ सरसफाइमा सहयोग पुर्याउँने  छ । 
 निर्बाचीत कार्य समितीको नाम घोषणा गर्दै नगर पालीकाका कार्य पालीका सदस्य तथा  बातबारण संयोजक शेर बहादुर श्रेष्ठले  नब निर्बाचित पदाधिकारीहरुलाइ स्वागत गर्नु भयो । निर्बाचीत पदाधिकारीहरुलाइ धन्यबाद दिदै  नगर प्रमुख अमान सिंह तामाङ्गले आगामीदिनमा अझ शशस्त्र ढङ्गले अगाडी बढ्न आग्रह गर्दै नगर स्ुधार समितीलाइ नगरपालीकाबाट गर्न पर्ने सहयोगका लागी आफु सँधै तैयार रहेको बताउँनु भयो ।
  नगर सुधार समितीको कोषाध्यक्ष हिमालश्री सिल्वाल सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रम जिल्ला सम्मन्वय समितकिो सभाहलमा सम्पन्न भएको थियो ।

, , , , , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.