घर क्षति भएकालाई नगरपालिकाद्वारा राहत

भारी वर्षातका कारणले घर पूर्ण क्षति भएका परिवार राहतको सामग्री वितरण गरिएको छ ।


चौतारा साँगाचोकगढी नगरपालिकाले प्रत्येक घरलाई नगद १० हजारसहित अन्य राहतको सामाग्री वितरण गरेको हो ।
चौतारा साँगाचोकगढी नपा वडा नं. ९ कदाबासका ७ परिवारलाई टेन्ट सात थान, त्रिपाल १४ थान, भाडाकुडाँ सात परिवारलाई ७ थान, वाल्टी सात थान, पाइप ३०० मि., र स्थायी ट्वाईलेट ३ थान नगर प्रमुख अमानसिं तामाङले हस्तान्तरण गर्नुभएको थियो ।
राहत सामग्री तथा नगद हन्तान्तरण गर्दै तामाङले विपत्तको समयमा सबैले सहयोग गर्नुपर्ने र हामी सबै विपतको जोखिम न्यूनिकराण गर्न र विपतबाट पर्न सक्ने क्षतिको बारेमा सतर्क र सचेत रहनुपर्ने बताउनुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.