बाँध निर्माणलाई ल्याएको सिमेन्ट विक्री

लोकप्रिय समाचार/मेलम्ची खानेपानि आयोजनाको अम्बाथान हेलम्बु सूरुङको बाध निमार्णको लागि ल्याएको ३ सय ४० बोरा अर्घाखाचि सिमेन्ट पसलमा  विक्री भएको खुलासा भएको छ ।
असोज २ गते राति ११ बजे ना ५ ख १०२७ नम्बरको १० चक्के ट्रक काठमाडौ गोदामबाट सिमिन्ट लोड गरी अम्बाथान स्टोर सम्म पुगेर सिमेन्ट अनलोड नगरी फर्किएको स्रोतको भनाई छ । तर सिएमसि कम्पनिका अम्बाथान स्टोर किपर छिरीङ दोर्जे लामाले ३ सय ४० बोरा सिमेन्ट बुझीलिएको लेखि विलमा छाप लगाएर ३ सय ४०  सिमेन्टनै नझारी ट्रक फर्किएको थियो । करीव ११ किलोमिटर तल तालामाराङ बजारमा  ३ पसलमा सिमेन्ट विक्री गर्दैगर्दा प्रहरीले पक्राउ गर्न खोज्दा चालक फरार भएका छन् । उक्त सिमेन्ट र ट्रक भने प्रहरीले नियन्त्रणमा लिएको छ । बाहुनेपाटि स्थित वयर हाउसका म्यानेजर दामोदर वस्यालको संम्लग्नतामा उक्त सिमेन्ट अन्यन्त्र विक्री गर्ने सेटिङ मिलाएको आरोप स्थानिएको छ । 
जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विमल राज कणेलका अनुसर अम्बाथान हेलम्बु सूरुङको बाध निमार्णको लागि लगिएको सिमेन्ट बजारमा विक्री गरेपछि प्रहरीले अनुसन्धान सूरु गरेको छ । तर आयोजनाको ठेगेदार कम्पनि सिएमसिका कर्मचारीले प्रहरी अनुसन्धानले तिब्रता नदिएको गुनासो गरेका छन् ।

,
Lokpriyasamachar@. Powered by Blogger.