उज्यालोको साधारण सभा सम्पन्न

लोकप्रिय समाचार/स्थानीय विकास तथा स्वरोजगारका लागि सहकारीहरुले खेलेको भूमिका सम्मानजनक रहेकोल यसलाई निरन्तरताका लागि स्थानीय सरकार पनि लागि परेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ । 

उहाँले सहकारी भनेकै भकारी भएकोले भकारी भरेर काम गर्नका लागि नै सहकारीका आवश्यकता रहेको बताउँदै सहकारीको संरक्षणका लागि सबै लागि पर्नुपर्ने बताउनुभयो । हाल जिल्लाकै सबभन्दा ठूलो सहकारीको रुपमा देखापरेको उज्यालो बचत तथा ऋण सहकारी संस्थाको दशौं साधारण सभाको चौतारामा उद्घाटन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

उहाँले जबसम्म मानिसको आर्थिक विकास हँुदैन तबसम्म शिक्षाको विकास हुँदैन, स्वास्थ्यको विकास हुँदैन भन्नुहँुदै आर्थिक अनुशासन भयो भने मात्र  अरु विषयमा अनुशासन हुने भएकोले आर्थिक अनुशासन सहकारीले सिकाइ रहेकोले मानिसहरुलाई विकशित हुन पनि सहकारीको धारणा अपनाएको बताउनुभयो ।

थोपा थोपा मिलेर समुन्द्र बन्छ भन्न भनाईलाई सहकारीले प्रमाणित गरिदिएको बताउँदै सहकारीहरुमा पनि उज्यालो सहकारीले छट्टै पहिचान दिएको बताउनुभयो । कार्यक्रममा  पूर्व माननिय कृष्णराज श्रेष्ठ, वडाअध्यक्षहरु तोकबहादुर तामाङ लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । सहकारीका अध्यक्ष रामबहादुर कार्कीको सभापतित्वमा भएको साधारण सभामा सहकारीको प्रतिवेदन पुन्यप्रसाद खनालले प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोक्षाध्यक्ष ललित राणाबाट आयव्ययको विवरण प्रस्तुत गरिएको थियो ।

१०३ जना शेयर सदस्यबाट कारोवार सूरु गरेको सहकारीमा हाल सेयर सदस्य १ हजार ६ सय ५९ जना पुगेको सहकारीका अध्यक्ष कार्किले बताउनुभयो । साधारण सभामा सहकारीको आर्थिक विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष ललित रानाले आर्थिक वर्ष  ७४।७५मा सहकारीले लगानि रकम १० करोड ६७ लाख ३५ हजार ६ सय ६० बाट खुद नाफा ९५ लाख ८० हजार ७ सय ५० आर्जन गरेको बताउनुभयो । सहकारीको कुल पुजिं अहिले ३ करोड १२ लाख १० हजार २ सय पुगेको पनि रानाको भनाई छ ।  सहकारीले हाल ऋण लगानिलाई आम्दानिको स्रोतको रुपमा प्रयोग गर्दै आएको अध्यक्ष रामवहादुर कार्किले बताउनुभयो ।

साथै आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार शेयर  सदस्यका छोराछोरी मध्य दुई जनालाई चौतारा क्याम्पसको सहकार्यमा प्रदान गरीरहेको छ ।  सहकारीले बचत , लगानि संगै शेयर सदस्यलाई सिपमुलक तथा आयमुलक तालिम, सहकारी शिक्ष्ााँ लगायतका कार्यक्रम गर्दै आएको छ । यो वर्षको मुनाफाबाट सहकारीले प्रत्यक शेयर सदस्यलाई ४ हजारका दरले बोनस समेत वितरण गरेको छ ।


\

साधारण सभाले रामबहादुर कार्कीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरी सकेको छ भने उपाध्यक्षमा टंक कार्की कोषध्यक्षामा ललित राणा निर्विरोध निर्वाचित भइसक्नु भएको छ । सचिवमा पुन्यप्रसाद खनाल र सञ्जीब तामाङबिच प्रतिष्पर्धा भएको छ भने  लेखा समितिको संयोजकमा नरमान श्रेष्ठ र चन्द्रबहादुर तामाङ बिच प्रतिस्पर्धा भइरहेको छ ।

सदस्यहरुमा रोमा भण्डारी रायमाझी, लोकबहादुर कार्की, हिराप्रसाद नेपाल, नरबहादुर थापा, श्री बहादुर बस्नेत, अम्बरबहादुर घले, पितम कुँवर, सन्तोष कर्मचार्य, शिव श्रेष्ठ, हिरामाया पुरी, दिलकुमारी श्रेष्ठ, लक्ष्मण घले बिच प्रतिस्पर्धा भइरहेको छ । १६५९ जना शेयर सदस्य रहेको उक्त सहकारी संस्थाको निर्वाचनमा मतदान भएको र यो समाचार तयार पार्दासम्म मतगणनाको परिणाम सार्वजनिक गरिएको छैन ।

,
Lokpriyasamachar@. Powered by Blogger.