महिला हिंसाविरुद्ध सबै जुट्नुपर्नेः तामाङ

लोकप्रिय समाचार / पूर्व कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवम् प्रतिनिधि सभा सांसद  शेरबहादुर तामाङले महिलाहरु अहिले पनि हिंसामा परिरहेको भन्दै यसको अन्त्य गर्न सबै मिलेर लाग्न पर्ने बताउनुभएको छ ।
अन्तर पार्टि महिला सन्जाल मेलम्ची, सिन्धुपाल्चोक लोकदोहारी प्रतिष्ठान र वर्क फर नेपालको संयुक्त आयोजनामा हिजो मेलम्चीमा भएको  चेतनामूलक तिज बिशेष सांस्कृतिक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरु बैदेशिक रोजगारीमा सुरक्षित नहुने हुँदा देशमै रोजगारीको सिर्जना गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

हिंसा बलात्कार जस्ता जघन्य अपराध गर्नेलाई जन्मकैद रहने कानुनि ब्यबस्था रहेकाले कोहिपनि ब्यक्ति हिँसा सहेर बस्ने नहुने उहाँले बताउनुभयो । 
त्यस्तै उहाँले भ्रष्टाचारको कारण देशमा बिकास हुन नसकेको भन्दै अब सरकारी पद धारण गरेका प्रधानमन्त्री, मन्त्री देखि स्थानिय नगर तथा गाँउपालिका प्रमुख उप प्रमुलेको पनि सम्पति सार्बजानिक गर्ने बिदेयक पास भएकाले अब भष्टाचार अन्त्य हुदै जाने बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले यसरी संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै लैजानका निमित्त जिल्ला समन्वय समितिले यस्ता कार्यक्रमहरुलाई विषेश प्रोत्साहन गर्दै आएको बताउँदै विभिन्न धर्म र भाषाभाषीहरुको आआफ्नै परम्परा अनुसार मानिने चाडबाडहरुले राष्ट्रको थप पहिचान गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रमाया  गुरुङ, नेकपाका झम्क नेपाल, पूर्व माननीय दावा तामाङ, मेलम्ची नगरपालिका मेयर डम्बर अर्याल लगायतको विषेश आतिथ्यता रहेको जिल्ला समन्वय समितिका सचिवालयका कृष्ण ढकालले बताउनुभयो । अहिले पनि नेपालका महिलाहरु धेरै हिंसामा परिरहेको  भन्दै महिला हिंसा, बाल हिंसा, बलात्कार जस्ता अपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय स्तरबाट ख्याति प्राप्त कलाकारहरु प्रेम लोप्चन, इन्दिरा गुरुङ, सन्ध्या बुढा (काउलि बुढि) प्रदिप रोक्का, दिनेश काफ्ले, भिमसेन खतिवडा, राजेन्द्र भण्डारी, योगेश लामा, कल्पना दाहाल, आशमान लोप्चन, ओम तामाङ लगायत कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिइरहेका छन् ।  कार्यक्रम अन्तर पार्टि महिला सन्जाल मेलम्चीकी अध्यक्ष मुना ढकालको अध्यक्षतामा भएको हो ।

,
Lokpriyasamachar@. Powered by Blogger.