‘सामाजिक विकासका लागि सहकारी’

नेपालमा सामाजिक विकासका लागि सहकारीको ठुलो हात रहेको र यसको संरक्षण र विकासका लागि प्रदेश सरकारले पनि विभिन्न तवरबाट सहयोग गरिरहेको प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताउनु भएको छ ।
उहाँले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ स्थित मैत्री बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभाको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले एकआपसमा छरिएर रहको पुँजीलाई एकिकृत गर्दै उपलब्धी मूलक काममा लगानी गर्ने अवसर सहकारीले नै दिलाएको र ग्रामीण क्षेत्रमा यसको ठ्लो महत्व रहेका बताउँनु भयो ।

ग्रामीण क्षेत्रमा बैङ्कको सुबिधा नभउको अबस्थामा पनी सहकारीले स्थानीय नागरिकको समस्या समधान गर्न सक्षम भएको बताउँदै  बैङ्क र सहकारीमा अकाशपाताल फरक रहेको बताउनुभयो । नेपाल जस्तो पहाडी मुलुकहरुमा बैङ्क ग्रामीण क्षेत्रमा जान नमानेको अबस्था सहकारीले बिना धितो कर्जा दिएको अबस्स्थाका कारण पनी सहकारीप्रती मानिसहरु  आकर्षित भएको समेत दुलालले बताउनुभयो । राज्य सञ्चालनदेखि हरेक ब्यबसाय सञ्चालनमा सहकार्य गरेर अगाडी बढीरहेको परिपेक्ष्यमा सहकारी संस्थाहरुको महत्व बढ्दै गएको बताउँदै सहकारीताका माध्यमबाट गरेका कामहरुको पारदर्शिता हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका कार्यलय प्रमुख मुकुन्द मरासिनी, वडाअध्यक्ष उमा प्रसाद दुलाल, संस्थाका उपाध्यक्ष रुपक धिताल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने संस्थाका  सचिब कमलप्रसाद दुलालले संस्थाको गतिबिधीका बारेमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । मैत्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलप्रसाद दुलालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन भने कोषध्यक्ष सुब्बाप्रसाद दुलालले गर्नुभएको थियो ।

,
Lokpriyasamachar@. Powered by Blogger.