हेलम्वुमासरसफाई कार्यक्रम



हेलम्वु, किउल
हेलम्वु गाउंपालिका वडा नं २ वडा कार्यालयको आयोजनामा सरसफाई अभियानकार्यक्रम एक समारोहकाविच सम्पन्नभएको छ । वडा अध्यक्ष छिरीङ ग्याल्वो शेर्पाको अध्यक्षता, विभिन्न सरोकारवाला संघ संस्थालगायत स्थानीयवासीको संलग्नतामा हेलम्वु गाउंपालिका स्थित रातोपूलचनौटेदेखि घट्ठेखोला सम्म सरसफाई कार्यक्रम गरिएको हो ।“प्राकृतिक सौन्दर्यता हेलम्वु २ को पहिचान, स्वच्छ सफावातावरण हाम्रो अयिभान”भन्ने मूल नाराका साथ शुरुवातभएको सरसफाई कार्यक्रमपश्चातः स्थानीय समुदायलाई सरसफाई कार्यक्रममाजिम्मेवार वनाउने र सरसफाई अभियानलाई निरन्तरतादिने उदेश्य अनुरुपकिउलमा ४ वटा टोल सुधार समिति गठन गरिनुका साथै विभिन्न ८ वटा स्थानमाफोहोर विर्सजन गर्ने डष्टवीन समेत व्यवस्थापन गरिएको व्यहोरा महिलाआत्मनिर्भरता केन्द्रकाजनस्वास्थ्यप्रर्वद्धन अधिकृत रमेश श्रेष्ठले वताउनु भएको हो । सरसफाई कार्यक्रमपश्चातःवडा स्तरीय फोहोरमैलाव्यवस्थापनतथा सरसफाई कार्यक्रमको अवसरमा हामी सवै नागरिक सभ्यहुन जरुरी भएको र यसलाई निरन्तरतादिनु सवैको कर्तव्य र जिम्मेवारी रहेको र यसलाई राज्यले पनिप्राथमिकतामा राखेको हुंदा वडा कार्यालयमार्फत पनि निरन्तरता रहने कुरा वडा अध्यक्षछिरीङ ग्याल्वो शेर्पाले वताउनु भएको छ । वडालाई सरसफाई अभियानमा निरन्तरताप्रदान गर्ने क्रममा वडा कार्यालयको समन्वयमामहिलाआत्मनिर्भरता केन्द्र र साझेदारी कार्यक्रमको लागि सहयोगी संस्थाअक्सफाम, फेयरमेडको समेत सहयोग रहेको कुरा महिलाआत्मनिर्भरता केन्द्रकाकार्यक्रम संयोजक उमेश नकर्मीले जानकारी गराउनु भएको हो ।


,
Lokpriyasamachar@. Powered by Blogger.