मेलम्चीमा तीज विशेष कार्यक्रम

दिपिन ढुङ्गाना/शुभकामना बचत तथा ऋण सहकारी संस्था  लिमिटेड अन्तर्गतको शुभकामना लघुवित्त महिला उपसमितिको आयोजनामा हिजो मेलम्चीमा तिज विशेष कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा उहाँले सहकारी समृद्धिको बाटो देखाउने संस्था भएको बताउनुभयो ।
चाडपर्वहरु पछिल्लो समयमा भड्किला र खर्चिला हुने गरेकाले विकृति र विसंगति हटाएर पुरानो संस्कृतिलाई यथावत् राख्न आग्रह गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालले शुभकामना सहकारीले सधैँभरि शुभ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । शुभकामना सहकारीका अध्यक्ष रामकृष्ण चालिसेले सहकारीले विशेष गरि महिलाहरुको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले सम्पूर्ण महिलाहरु एउटै डे«समा आएर महिलाहरु एक भएको पुुष्टि भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकको सहयोगमा सहकारीका सदस्यहरुलाई झोला वितरण गरिएको थियो । मेलम्ची सामुदायिक माविका विद्यार्थीहरुले तीज विशेष नाटक प्रस्तुत गरेका थिए । शुभकामना लघुवित्त महिला उपसमितिका अध्यक्ष उर्मिला गौतमको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Lokpriyasamachar@. Powered by Blogger.