जिससप्रमुखद्धारा रक्तदान
लोकप्रियसमाचारचौतारा
मानबताका लागी हातेमालो भन्ने मुल नाराका साथ मङ्गलबार ५६ औ रेडक्रस दिबश बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला रेडक्रस शाखा सिन्धुपाल्चोकको आयोजनामा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको प्रमुख अतिथ्यतामा र चौतारा साँगाचोकगढीनगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गको बिषेश अतिथ्यतामा बिभिन्न कार्यक्रम गरी यो दिबश मनाइएको हो ।जिल्ला सम्वन्वय समिती सचिबालयका कृष्ण ढकालका अनुसार रेडक्रसको ५६ ओै दिबशका अबशरमा रक्तदानको कार्यक्रम समेत गरिएको थियो । रेडक्रसका जिल्ला शाखा सभापती राजेन्द्र ताल्चाभोडेलको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय सम्मन्वय अधिकारी हरीकृष्ण ज्ञवाली लगाएतका ब्यक्तीहरुको उपस्थिती रहेको थियो । खुल्ला रक्तदान कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले पनी सो अबशरमा रक्त दान गर्नु भएको थियो ।