सगरमाथा सिमेन्टलाई गुण्स्तरताको स्विकृति

केहि दिन यता घोराही सिमेन्टको ओ.पि.सि.सिमेन्टमा देखिएको गुणस्तर सम्बन्धि विवाद समाधान भएको छ  ।

नेपाल गुण्स्तर तथा नापतौल विभागले घोराही सिमेन्ट उद्योगको ओ.पि.सि. सिमेन्टको नमुना परिक्षण गर्दा मापदण्ड अनुरुप रहेको भन्दै उत्पादन अनुमति दिएको छ  ।
नेपाल गुणस्तर तथा नापतौल विभाग परिक्षण तथा बजार अनुगमन शाखाले सोमबार मितिः२०७५।०५।१८ जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएर परिक्षण नतिजाको बारेमा जानकारी गराएको छ  । विभागले उद्योगबाट केहि दिन अघि ओ.पि.सि. सिमेन्टको नमुना लगेको थियो । परिक्षणका क्रममा ओ.पि.सि.सिमेन्ट नेपाल गुणस्तर ४९ अनुसार ठिक रहेको जानकारि जिल्ला प्रशासन कार्यालयलाई गराएको छ  ।
नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङले घोराही सिमेन्ट ई.प्रा.लि.लाई पत्र पठाएर गुणस्तर ठिक रहेको जानकारी दिएको छ  । जिल्ला प्रशासन कार्यालयको  पत्र अनुसार उद्योगले सिमेन्ट उत्पादन र बिक्री वितरणको लागि अनुमति दिइएको हो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.