ट्रमा सिस्टमबारे अन्तरक्रिया कार्यक्रम

सन्तोष भण्डारी/लोकप्रिय समाचार-

नेपाल रेडक्रस सोसाइटीद्वारा आयोजित रुलर इमर्जेन्सी ट्रमा सिस्टम कार्यक्रमबारे अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सन्दीप थापा, रेडक्रस सोसाइटीका सभापति राजेन्द्रमान ताल्चाभँडेल, विषेश अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, नगर प्रमुख अमानसिं तामाङ, रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, मन्त्री कमलचरण कक्षपति तथा विभिन्न जिल्लाबाट आउनुभएका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रेडक्रस सोसाइटीले गरेका कामहरुको बारे छलफल भएको थियो । ०७२ को भूकक्प पछि रेडक्रसले घर बनाउने, खानेपानी र स्वास्थ्यको क्षेत्रमा क्यान्डिन रेडक्रस लगायत अन्य संघसंस्थाहरुसँग सहकार्य गरेर काम गरिरहेको र रेडक्रसले काभ्रे र सिन्धुपाल्चोक जिल्लाको ६ सय जना जति व्यक्तिलाई रुलर इमर्जेन्सी ट्रमा सिस्टम तालिम दिने रेडक्रसका मन्त्रीले कमलचरण कक्षपतिले बताउनुभयो ।

त्यस्तै सिन्धुपाल्चोक जिल्ला रेडक्रस सोसाइटी रेष्ट कार्यक्रमका जिल्ला स्वास्थ्य अधिकृत भोजराज ओझाले चुनौती र आगामी कार्यदिशा बारे बताउँदै विषेश गरी एम्बुलेन्सको व्यवस्थापन र सञ्चालन कसरी गर्ने भन्ने विषयमा प्रष्ट पार्नुभएको थियो ।

नगरप्रमुख अमानसिं तामाङले जतिबेला दुःख पर्छ त्यतिबेला सहयोग गर्न रेडक्रस आउने र सहयोग गर्ने बताउनुभयो । जुन जिल्लामा रेडक्रस छ, त्यहाँका मानिसले सुख पाउने र विपदमा रेडक्रसले सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै रेडक्रसका सभापति राजेन्द्रमान ताल्चाभँडेलले एक घर एक स्वास्थ्यकर्मी बनाउन सकेमा सबैमा सेवा पुग्ने बताउनुभयो । उहाँले अब सबै स्वास्थ्य संस्थामा स्टेचर दिने तयारी भएको र जनतालाई बढी भन्दा बढी सुविधा कसरी दिन सकिन्छ त्यहि अनुसारको काम गरिरहेको बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.