प्रतियोगितामा प्रथम भएको गीत

(चौतारा साँगाचोकगढी नगरपालिका स्तरिय महिला सञ्जालले तीजको अवसरमा गरेको महिला हिंसा विरुद्धको गिती सांस्कृतिक प्रतियोगितामा प्रथम भएको गीत) 

पुरुषलाई जन्मपनि त्यहि महिलाले दिन्छिन्
छोरो ठूलो भएपछि आफै हेलित हुन्छिन्
मान्नुपर्छ पुरुषका कुरा
सपना सबै नारीका अधुरा
समाजमा नजुटेर महिला हिंसा पार्छन्
कति महिला पीडा भोगि असाहयतामा छन्
देशको विकास सबलाई छ स्वीकार
कार्यान्वयन होस् महिलाको अधिकार
महिला हिंसा गर्नुहुन्न चेतना होस् है जनता
यस सम्बन्धी अघि बढोस् सात वटा प्रान्त
हाम्रो कुरा प्रान्तिय नेतालाई
कथा नहोस् महिलाको व्यथालाई
समावेशी समानुपातिक संविधानको अंग
न्यायोचित संविधानले देशमा आयो उमंग
यो कुराको हर्ष र खुसीले
न्याय पाउन असहाय दुःखीले
कञ्चनपुरको पन्त घटना देशमा हाहाकार
यसैगरी हनन नहोस् महिला अधिकार
संस्थासम्म पु¥याउँ है प्रतिकार
अब हामीले पाउने छौं अधिकार
बुद्धिजिवि शिक्षाप्रेमी नेताज्यूलाई
तीजको अवसर पारी यहाँ आउनुहुनेहरुलाई
यसै ठाउँमा भेट भको बखत
उपस्थित सबैलाई स्वागत

(चौतारा साँगाचोकगढी नगरपालिका स्तरिय महिला सञ्जालले तीजको अवसरमा गरेको महिला हिंसा विरुद्धको गिती सांस्कृतिक प्रतियोगितामा प्रथम भएको गीत) 

, , ,
Lokpriyasamachar@. Powered by Blogger.