शिक्षकलाई अन्य जिम्मेवारी नलिन सुनकोशीको निर्देशन

देवराज सुवेदी/बिद्यालयको नियमित पठनपाठन प्रभावित भएपछि शिक्षकलाई पेशागत बाहेकका अन्य संघ सस्थांको पदिय जिम्मेवारी नलिन सिन्धुपाल्चोकको सुनकोशी गाउंपालिकाले निर्देशन दिएको छ ।
गाउंपालिकाको भदौं १७ गते को निर्णय अनुसार बिद्यालयमा नियुक्त भई अन्यत्र नियमित प्रकृतिका साथै संघ सस्थाको जिम्मेवारी नलिन निर्देशन गरिएको सुनकोशी गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर बस्नेत ले जानकारी दिनुभयो ।

निर्देशनलाई बेवास्ता गरी कहि कतै त्यस्तो भेटिएमा स्थानीय शिक्षा ऐन तथा नियमावलीलाई  आधार मानी कानुनी कारबाहि गरिने पनि बताउनुभयो । उक्त निर्णय प्रति प्रतिक्रिया दिदै कोल्दोङदेवी माध्यामिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दिनेश थापाले निर्णय स्वागत योग्य रहेकोले यसको कार्यान्वन हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाँउपालिकाले पनि शिक्षा क्षेत्रमा बिकास गर्नका लागि शिक्षा योजना मस्यौदा नै निमार्ण गरेको छ । तिनै मस्यौदा अनुसार नै अगाडि बढ्ने पाँचपोखरी थाङ्पाल गाँउपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।
साथै गाँउपालिकाले प्रध्यानाध्यापकहरु लाइ आधारभुत कमप्यूटर तालिम प्रदान गरीएको उहाँले जानकारी दिनुभयो । साथै गाँउपालिकाले बिद्यालयहरुलाइ नमुना बिद्यालय घोषणा गरी शिक्षक हरुलाइ पुरस्कृत को ब्यबस्था गरेको र काम नगर्ने हरुलाइ दण्डित गरिने पनि उहाँले बताउनुभयो ।
गाँउपालिकाले प्राबिधिक बिद्यालयलाइ बिशोष जोड दिएको छ । हेलम्बु गाँउपालिकाले पनि शिशु कक्षाका शिक्षकलाइ थप ४००० मासिक  खाजा खर्च र शिक्षकहरुको अप्ठ्यारो अबस्थाको लागि कोष स्थापना गरेको गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शोर्पाले बताउनुभयो । साथै शिक्षकहरुलाइ बिभिन्न तालिम दिदै आएको उहाँले बताउनुभयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.